साहित्यिक मनहरुले सम्झिए ‘मणि मन्जिललाई’

साहित्यिक मनहरुले सम्झिए ‘मणि मन्जिललाई’




चिसाङ शेर्पा खोटाङ,
नेपाली साहित्य क्षेत्रमा समेत दख्खल भएका खोटाङका राजनीतिकर्मी स्वर्गीय मणि कुमार राईको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । राजनीतिसँगै साहित्यमा जमेका मणि कुमार अर्थात साहित्यिक नाम (मणि मन्जिल)को सम्झनामा जिल्लामा क्रियाशिल चार साहित्यिक संस्थाहरुले बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेका हुन् ।

साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष रहनु भएका मन्जिललाई सम्झदैं राष्ट्रिय वाङमय कला प्रतिष्ठान, टेम्के तुवाचुङ प्रतिष्ठान, खोटाङ गजल मञ्च र प्रगतिशील लेखक संघको आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएकोे प्रगतिशील लेखक संघ खोटाङका अध्यक्ष चित्रकुमार सुवेदीले बताए । समाजमा केही गर्नुपर्छ भन्ने सोच र राजनीतिमा सवैलाई समेट्ने क्षमता भएका विकासका सम्वाहक मन्जिलको निधनले सिङ्गो खिदिमा टुहुरो भएको मन्जिलका गुरु तथा गायक पृथी जिम्बा तामाङले बताए । लथालिङग विधालय, वडा कार्यालयलाई आफू लागेर काठमाण्डौ शहरको संचना झै बनाएका मन्जिलको निधनले अपुरणीय क्षति पुगेको जिम्बाको भनाई छ ।

मन्जिलले साहित्य क्षेत्रमा पु¥र्याएको योगदानको विभिन्न साहित्यकर्मीहरुले खुलेर प्रशंसा गरे । खोटाङ गजल मञ्चका अध्यक्ष शरण खत्री मृदुलले उनको सपनालाई पूरा गर्नमा सवै लाग्नु पर्ने सुझाव दिनुभयो । खत्रीले गजल मार्फत पनि मन्जिलको सम्झना गरेका छन् । आफूले त्यति धेरै नचिने पनि उहाँले देखाएको वाटो सही मार्ग भएको टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए । यस्तै, कार्यक्रमका अतिथिहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, नेकपाका नेता कुमार आचार्य, संविधानसधा सदस्य समिता कार्की, दुर्गाजयन्ती राई, साहित्यकार विष्णु आभुषण लगायतले साहित्यकार तथा राजनीतिकर्मी मन्जिल कुशल व्यक्तित्व भएको र उहाँको सपना पूरा गर्नमा कुनै कसर बाँकी राख्न नहुने अठोट गरेका छन् ।

हालसम्म पनि प्रगतिशील लेखक संघका जिल्ला सदस्य रहनु भएका मन्जिलको निमोनियका कारण बैशाख ९ गते निधन भएको थियो । २०३९ साल पुस १ गते जन्मिएका मन्जिल तत्कालिन एमालेका तर्फबाट खिदिमाका वडाध्यक्षमा निर्वाचित भएका थिए । २०५४ सालमा अनेरास्ववियु सिद्धेश्वरी माबि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनितीमा प्रवेश गरेका उनी साहित्यमा मणि मञ्जिलका नामले चिनिने गरेका थिए । मन्जिलका श्रीमती र दुई छोरी छन् ।

यो पनि पढ्नुहोस

निमोनियका कारण वडाध्यक्षको निधन, नेकपा सहित अन्य दलद्धारा दुःख व्यक्त

२०७६ बैशाख १८ गते साँझ ७ :१६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology