आगलागीमा घर नष्ट,१४ लाख ४० हजार बराबरको क्षती

आगलागीमा घर नष्ट,१४ लाख ४० हजार बराबरको क्षती




समायोजन खबर खोटाङ,
आगलागी हुँदा खोटाङमा १४ लाखभन्दा बढिको क्षती भएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित मुङ्लाका मनबहादुर खड्काको घर गए राती जल्दा १४ लाख ४० हजार बराबरको क्षती भएको हो ।

आगलागीमा खड्काको एक तले दुई वटा घर, गोठ, लत्ताकपडा, अन्नपात, नगद ३ लाख, एउटा खसी लगायत जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताए । घरमा लागेको आगो स्थानीयबासी र प्रहरीचौकी मात्तिमबाट खटिएका प्रहरीको टोलीले राती साँढे १ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
२०७६ बैशाख १८ गते बिहान ९ : १८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology