सर्वाधिक राशीको भलिबल प्रतियोगीता सम्पन्न

सर्वाधिक राशीको भलिबल प्रतियोगीता सम्पन्न




समायोजन खबर खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भएको अन्तर स्थानीय तह महिला तथा पुरुष भलिबल प्रतियोगीता सम्पन्न भएको छ । गाउँपालिकाको बार्षिक कार्यक्रम अनुशार सञ्चालन गरिएको सर्वाधिक राशीको भलिवल प्रतियोगीतामा पुरुषतर्फ उदयपुरको ताप्ली गाउँपालिका प्रथम, खोटाङको बराहपोखरी गाउँपालिका दोश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका रोभलुङ (छोरम्बु) तेश्रो भएका छन् ।

यस्तै, प्रतियोगीताको महिलातर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी प्रथम, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा (ए) दोश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा (बी) तेश्रो भएका छन् । पुरुषतर्फ प्रथम स्थान प्राप्त गर्ने टिमलाई १ लाख ३० हजार, दोश्रो हुने टिमलाई ८० हजार र तेश्रो हुने टिमलाई ५० हजार तथा महिलातर्फ प्रथम स्थान प्राप्त टिमलाई ५० हजार, द्धितीय हुने टिमलाई ३५ हजार र तृतिय टिमलाई २५ हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको छ ।

भलिबल प्रतियोगीताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित महिला र पुरुष खेलाडीलाई पनि जनही ५/५ हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगीताका विजयी खेलाडीलाई खोटाङ सेवा समाज यूकेका उपाध्यक्ष रत्न राई, गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राईले पुरस्कार हस्तान्तरण गरेका छन् । ‘खेल खेलौ स्वास्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं’ भन्ने नाराका साथ आईतबार याम्खास्थित खेलमैदानमा उद्घाटन गरिएको प्रतियोगीता मंगलबार डाँडागाउँको ओख्रे खेल मैदानमा समापन गरिएको हो । प्रतियोगीतामा पुरुषतर्फ १३ टिम र महिलातर्फ ५ टिमबीचमा प्रतिष्पर्धा भएको थियो ।

महिला/पुरुष भलिबल प्रतियोगीतासँगै भएको एकल नृत्य प्रतियोगीतामा मनिता राई प्रथम, विज्ञान राई दोश्रो र कल्पना विक तेश्रो भएकी छन् । नृत्यमा प्रथम हुनेले नगद १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
२०७६ बैशाख १८ गते बिहान ८ :१९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology