धनकुटामा भोलिबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता

धनकुटामा भोलिबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता




समायोजन खबर धनकुटा,
धनकुटामा भोलि बाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकारको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म संचालन हुने स्थानिय संयोजक समितीले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधीत्व गर्दै १ सय ५४ जना खेलाडी र अफिसियल सहभागि हुनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख नगद सहित शिल्ड प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्याक्तिगत विद्या तर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद ५ हजारको दरले पुरस्कृत गरिने स्थानिय आयोजकले जनाएको छ । खेल सम्पन्न गर्न करिब २६ लाख लाग्ने अनुमान गरिएको छ ।
२०७६ बैशाख १६ गते साँझ ६ :५८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology