नदीमा डुङ्गा पल्टिँदा बालक बेपत्ता

नदीमा डुङ्गा पल्टिँदा बालक बेपत्ता




समायोजन खबर नवलपरासी,
नारायणी नदीमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक शनिबारदेखि बेपत्ता छन् । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका –५ पक्लिहवा रतनगंजका कैलाश धोबीका छोरा १५ वर्षीय अनुप धोबी बेपत्ता भएका हुन् ।

 

साथीहरूसँग नारायणी नदी पारी गएर फर्कने क्रममा नारायणी नदीको ठोक्कर नम्बर ३ मा डुङ्गा अनियन्त्रित भइ पल्टिँदा धोबी बेपत्ता भएका हुन् । धोबीसँगै गएका उनका दुई साथीहरू भने पौडेर ज्यान बचाउन सफल भएका छन् । बेपत्ता भएका अनुप धोबीको खोजी कार्य भैरहेको सुस्ता गाउँपालिका – ५ को प्रहरी चौकी रामनगरका इन्चार्ज राजु पौडेलले बताउनुभयो ।
२०७५ पुस १५गते मध्यान्ह १२ : ३२ वजे प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology