उदयपुरमा माटोको ढिस्कोले पुरिएर युवतीको ज्यान गयो

उदयपुरमा माटोको ढिस्कोले पुरिएर युवतीको ज्यान गयो




समायोजन खबर खोटाङ
उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा चौदण्डीगढी नगरपालिका वडा–९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार धान दाईँ गर्न आँगन लिप्नका लागि माटो लिन जाँदा माटोको ढिस्कोले पुरिएर उनको ज्यान गएको हो । सँगै माटो खन्न गएका सम्झनाका बुवा तिलक चौधरी सामान्य घाइते भएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक गजमेरले बताए ।
२०७५ कार्तिक १२ अपरान्ह ४  :३१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology