जापानमा सेाचे जस्तेा कम्पनि भएन, कम्पनि परिबर्तन कसरी गर्ने ?

जापानमा सेाचे जस्तेा कम्पनि भएन, कम्पनि परिबर्तन कसरी गर्ने ?




समायेाजन खबर,टेाक्येा

अध्ययनका लागि जापान अ।एका नेपाली बिध्यार्थीहरू पढाइ सकेपनि   भाषागत समस्या तथा अन्य बिबिध कारण यहाँ रहेका कम्पनिहरूमा काम पाउन अत्यन्त कठिन छ । बिरलैमात्रले अ।फैले कम्पनि खेाजेर भिजा परिवर्तन गर्ने गरेकेा पाइन्छ ।

कलेजकेा पढाइ सकेर छेाटेा समयमा कम्पनि नपाउदा अधिकांश नेपाली बिध्यार्थीहरू काम खेाजी दिने एजेन्ट,दलाल ,जापानी हाकेन कम्पनिहरूलाइ लाखैा तिरेर काम गर्न बाध्यता नेपाली बिधयार्थीहरूले भेाग्दै अ।इरहेका छन् । जापानमा नेपाली बिध्यार्थीहरूले काम खेाजी दिएबापत दलालहरूलाइ ३० हजार येन देखि लिएर ७,८ लाख येनुसम्म तिर्दै अ।इरहेकेा पाइन्छ ।

कम्पनि समयमा फिक्स गर्न नसके भिजा सकिने डर एकातिर छ भने भिषा सके नेपाल फर्किनुपर्ने बाहेककेा बिकल्प नहुने हुँदा जापानमारहेका नेपाली बिध्यार्थीहरूले येा समस्या भेाग्नुपरेकेा छ । बल्लतल्ल दलालीहरूलाइ भारी पैसा तिरेर कम्पनीहरूमा छिरेपनि ति कम्पनिहरूमा सेाचे अनुसारकेा तलव सेवा सुबिधा र भिषाकेा प्रत्याभुति नहुँदा कामदेखि निराश देखिएकेा पाइन्छ । उनीहरू थेारै तलवमा लामेा घण्टा काम गर्नुपर्ने, अ।फुले रेाजेकेा बार अथवा दिन बिदा नपाउने ,जापानकेा महँगेा जीवन शैली ,महँगेा कर र स्वास्थ्य बिमाका कारण धेरै जसेा दुखी देखिन्छन् ।

कम्पनि परिबर्तन कसरी गर्ने ?

यहाँ रहेका अधिकांश नेपाली बिध्यार्थीहरूलाइ  वर्किङ  भिषा परिबर्तन गरेपनि कार्यरत कम्पनि छाडेर अरू कम्पनि खेाजेर काम गरैा कम्पनिले काम छेाड्दा दिने कागज (थाइसेाकुस्येाउमेइस्येा)नदिएला र नया कम्पनिबाट अर्केा चेाटि भिषा एप्लाइ गर्दा भिषा नअ।उलाकि भन्ने चिन्ता धेरैकेा छ । तपाइलाइ कम्पनिले नीति नियमबिपरित मानसिक तथा शारिरिक रूपमा असर पुग्ने गरी जबर्जस्ती काम गर्न दिए नयाँ कम्पनी फिक्स भएपछि एक महिना अगाबै जानकारी दिएर कम्पनिबाट राजिनामा दिनसकिन्छ । कम्पनिले काम छेाडेपछि पेपर नदिएकेा खण्डमा नयाँ कम्पनिसंग अनुरेाध गरी उपलब्ध गराउन सकिन्छ । तर तपाइ संग पुरानेा कम्पनिकेा सम्पर्क नं र ठेगाना भने अनिबार्य हुनु अ।वश्यक छ । नजिककेा वार्ड कार्यलयमा गएरपनि कम्पनि छाडेकेा भनी जानकारी गराउन सकिन्छ । यदि तपाइमाथि नयाँ कम्पनिले बिश्वास गरेकेा खण्डमा,पेपर चाहदैन भनेमा भिषा थपमा कुनै समस्या पर्दैन तर तपाइकेा पढाइ अनुसार कामकेा प्रकृति मिल्देा जुल्देा भने हुनु अति अ।वश्यक छ । भिषा सुरूमा कम्पनिकेा जे कामकेा लागि भनेर एप्लाइ गर्नुभयेा अर्केा चेाटिपनि त्यहि काममा एप्लाइ गर्नु बुध्दिमानी हुन्छ ।

अर्केा महत्वपुर्ण कुरा कम्पनि छाडेपछि नजिककेा इमिग्रेसनमा गइ जानकारी(हेाउकेाकु)गर्न बिर्सनु हुदैन । कम्पनि छाडेकेा २ हप्ताभित्र जानकारी नगराएमा नयाँ कम्पनिबाट भिषा थप्दा थप समस्या अ।उन सक्छ ।

येा जानकारी लामेा समयदेखि जापानमा बस्दै अ।इरहनुभएका बिनय थापाकेा सहयेागमा तयार पारिएकेा हेा ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology