खोटाङ हलेसी सेवा समाज सामाजिक कार्यमा अगाडी

खोटाङ हलेसी सेवा समाज सामाजिक कार्यमा अगाडी




चिसाङ शेर्पा खोटाङ,
खोटाङ हलेसी सेवा समाज काठमाण्डौले सामाजिक क्षेत्रमा महत्वपुर्ण काम गर्दै आएको छ । मुलतः समाज सेवा गर्ने उद्देश्यले स्थापना भएको खोटाङ हलेसी सेवा समाजले हालसम्म दर्जनौ स्थानमा पुगेर समाजसेवामा अग्रसर भएर काम गर्दै आएको छ । समाजले खोटाङमा बाढि पहिरो पिडीत, गरीव दिनदुखी, असाह्य, आर्थिक कमजोर भई उपचारको निमित्त समस्या झेलीरहेका मानिस, खेलकुद क्षेत्र र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ हलेसी सेवा समाज काठमाण्डौका अध्यक्ष कर्णराज कटुवालले बताए ।

 

विगत लामो समययता समाजसेवा गर्दै आएको खोटाङ हलेसी सेवा समाजको अध्यक्ष गत भदौ ३० गते जेष्ठ नागरिक जिल्ला संघ खोटाङको ९५ जना बृद्धबृद्धा, एक पत्रकार, एक स्वास्थ्यकर्मी र एक युवा उद्यमीलाई जनकपुरको जानकी मन्दिरमा स्वागत गर्न खोटाङ हलेशी सेवा समाजका अध्यक्ष कटुवाल जनकपुर पुगेका थिए । समाजले बृद्धबृद्धालाई दर्शन गराउनको लागि विशेष प्रबन्ध मिलाई दिएपछि समाजिक क्षेत्रमा उक्त संस्था अगाडी देखिएको हो ।

 

दिक्तेलबाट धार्मिक एबं ऐतिहासिक स्थलहरुको १० दिने भ्रमणमा निस्केका बृद्धबृद्धलाई उक्त समाजले जानकी मन्दिरमा फुलमाला लगाई स्वागत गरेर मन्दिरमा आरती गर्ने अवसर मिलाई दिएको थियो । जानकी मन्दिरमा रहेका महत्वपुर्ण पुराना संरचनाहरु अवलोकनका लागि फ्रि टिकटको प्रबन्ध गराएका थिए । दशौ दिनमा तीर्थयात्राको भ्रमण समापन गरेका ९५ जना बृद्धबृद्धालाई सोही संस्थाले काठमाण्डौस्थित राष्ट्रिय सभागृह परिसरमा रुदाक्षको माला लगाई स्वास्थ्यलाभको काममा गर्दै पुनः स्वागत तथा घर फर्कनका लागि विदाई गरेको थियो ।

को हुन् अध्यक्ष कर्णराज कटुवाल


२०३८ फागुन १९ गते बुवा तक्ष बहादुर कटुवाल आमा राम कुमारी कटुवालको कोखबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा जन्मनु भएका कर्णराज कटुवाल समाजसेवी हुन् भन्ने कुरामा दुई मत छैन । सानै उमेरदेखी समाजसेवामा तल्लिन उनले ब्यक्तिगत रुपमा दर्जनौ सहयोग गरिसकेका छन् ।

करीव आधा दर्जन संघ संस्थामा आवद्ध उनले जिल्लाका लागि धेरै महत्वपुर्ण काम गर्दै आएका छन् । हलेसी सेवा समाज काठमाण्डौका अध्यक्ष रहेका कटुवालले संस्था तथा व्यक्तिगत रुपमा गरीव, असाहय, आर्थिक कमजोर भई उपचार गराउन नसकेकालाई उनले सक्दो सहयोग गरेर मानवीय दायित्व पुरा गर्दै आएका छन् ।


हाल काठमाण्डौमा वसोवास गर्दै आएका उनी हलेसी ईम्प्लोमेण्ट सर्भिस प्रालिका अध्यक्ष, केन्द्रिय सदस्य नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार फोरमका, केन्द्रिय सदस्य लोक दर्शन सहकारी संस्था सदस्य, दर्शन स्कुल काठमाण्डौका संस्थापक संञ्चालक र नव दुर्गा टोल सुधार समाज काठमाण्डौका उपाध्यक्ष हुन् ।


फोटो  :समाजसेवी कर्णराज कटुवाल, २०७५ असोज १३ साँझ ७ : ०४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology