Samayojan khabar

Advertisment

SKIP THIS

आज कृष्ण जन्माष्टमी, पूजा अराधना गरी मनाइँदै

समायोजन खबर खोटाङ,
आजभाद्र कृष्ण अष्टमी, भगवान् श्रीकृष्णको पूजा अराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन भगवान श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

 

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आज दिन कृष्णजन्मोत्स मनाउने गरिएको हो ।
२०७५ भदौ १७ गते बिहान ८ : ४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...