चिकित्सक संघले गरे देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

समायोजन खबर खोटाङ,
आज नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलका अनुसार सरकारले कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुर्पयो ।उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ–आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

 

भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

 

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए । अनलाईनखबरको सहयोगमा
२०७५ भदौ १७ गते बिहान ८ : २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

मुख्य समाचार

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...