दुई बिद्धालयमा ‘समाजवादी विधार्थी फोरम’ गठन

चिसाङ शेर्पा खोटाङ,
संघीय समाजवादी फोरम नेपालको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम’ खोटाङको दुई बिद्धालयमा कमिटि गठन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती उच्च मावि र लफ्याङको श्रीमावि वाँसबोटेमा कमिटि गठन भएको हो ।
सरस्वती उच्च मावि दिक्तेलमा प्रतिक्षा राईको अध्यक्षमा २१ सदस्य कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा रविन राई, सचिव मिना राई, सहसचिव अन्जना भुजेल र कोषाध्यक्षमा करीष्मा राई रहेका छन् । यस्तै, दिपशिखा राईको अध्यक्षतामा श्रीमावि वाँसबोटेमा २३ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सुन्दर अधिकारी, सचिवमा सिर्जना कट्वाल, सह,सचिवमा रचना सुनार तथा कोषाध्यक्ष्माा अन्जना तिरुवा चयन हुनुभएको समाजवादी विधार्थी फोरमका जिल्ला अध्यक्ष एलबी मगरले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस
समाजवादी विधार्थी फोरम दिरुमनपा नगर समिति गठन
२०७५ भदौ १३ गते राती ८ : ५६ मा प्रकाशित