Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या

समायोजन खबर खोटाङ,
भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । गएराती खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताउनभयो । सञ्जयसँगै सुतेकी बालिकाको बलात्कारपछि आमाबुबाले थाहा पाउने भएपछि बालिकाको हत्या गरेको हुनसक्ने डीएसपी थेवेले बताउनुभयो ।

 

आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थानीय दिक्पल राईले बताउनुभयो । त्यो दिन पनि चौकीडाँडाको गोथेबजारबाट खच्चडमा किराना पसलका सामान ल्याएर साँझामा बास बस्न आएको स्थानीय राईले बताउनुभयो । बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई गएराति नै प्रहरीले पक्राउ गरेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लैजान लागिएको छ ।
२०७५ भदौ १२ गते मध्यान्ह २:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...