Samayojan khabar

Advertisment

SKIP THIS

भबन नहुंदा बृद्धबृद्धालाई शास्ती

  • भबन फिनिसिङका लागि १२ लाख बजेट बिनियोजन
  • चिसाङ शेर्पा खोटाङ,
    बजेट अभाव हुंदा जेष्ठ नागरिक जिल्ला संघ दिक्तेलको दिवासेवा भवनको काम ठप्प भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हुलाक कार्यालय अगाडी रहेको दिवासेवा भवनको फिनिसिङको काम ठप्प भएको हो ।

     

    जेष्ठ नागरिकका निम्ति तत्कालिन जिल्ला विकास समितिले कार्यालय सञ्चालनका लागि दिइएको खर्च, महिला तथा वालवालिका कार्यालयले दिइएको मसलन्द खर्च, चन्दा संकलन र बृद्धबृद्धाले देउसी खेलेर जम्मागरी जिल्ला हुलाक कार्यालय अगाडी बनाइएको दुईकोठे भवनको समापनको काम गर्न नसक्दा शास्ती भएको जेष्ठ नागरिक जिल्ला संघका सचिव राम ताम्राकारले जानकारी दिनुभयो । बृद्धबृद्धाका लागि कार्यालय सञ्चालनमा आएको रकम, मसलन्द खर्च, चन्दा, देउसी खेलेर जम्मा गरेको सबै पैसाले बनेको दुईकोठे भबनलाई एक वर्षसम्म बजेट अभावमा फिनिसिङ गर्न नसकिदा बुढाबुढीलाई शास्ती भएको उहाँको भनाई छ ।

     

    २०७२ सालमा शुभद्रा–मदन फाउण्डेसनका विधार्थीद्धारा निर्मित बाँसको नमुना घरमा पिडादायिक रुपमा बस्दै आएका बृद्धबृद्धालाई शौच गर्नदेखी कार्यालय सञ्चालनमा समस्या भएको छ । बृद्धबृद्धाका लागि बनाइएको बाँसको नमुना घरमा दिउँसोको समयमा घामपानी र हावाहुरीले दुःख दिने गरेको जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा घिमिरेले बताए । बृद्धबृद्धा जमघट गर्दै दुखसुख साटासाट गर्ने थलो त हो । उनले भने, ‘तर, कतीबेला पानी पर्ने हो कहाँ भाग्नुपर्ने हो थाहा छैन । कतीपय बृद्धबृद्धा पानी पर्दा दौडिंदा हातखुट्टामा समेत चोट लाग्ने गरेको छ ।’

    फाटेको त्रिपाल, बाँसको टेका, डोरीले बाँधेर बनाइएको नमुना घरमा हाल बृद्धबृद्धा जमघट गर्दै दुखसुख साटासाट गर्दै आएको दृश्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले अनुगमन गरेर सहयोग गर्ने आश्वसन दिएपनि हालसम्म बजेट बिनियोजन नगरी दिंदा काम ठप्प भएको छ । भबनको काम रोकिदा बृद्धबृद्धा पिडा नै पिडामा परेको छ । जिल्लाभरीका बृद्धबृद्धाका लागि बनाइएको भवनमा पार्टीगत हिसावले सहयोग गर्नमा ढिलाई भएको बृद्धबृद्धाहरुले अनुमान गरेका छन् ।

     

    आफूहरुका निम्ति आएको पैसा पनि कन्जुस गरेर बनाएको भबन सम्पन्न गर्न नसक्दा बृद्धबृद्धाहरु अन्योलमा परेको छ । बुढ्यौली शरीरमा घामपानीले दुःख दिन थालेपछि आशा देखाउनेहरुसँग बृद्धबृद्धाहरु आक्रोसित हुंदै आएका छन् । दिवा सेवा भवनमा चाहिने आवाश्यक सामग्रीहरु भएपनि भवन नहुंदा सामग्रीहरु समेत थन्कीएर बसेको र कतीपयमा खिया नै आइसकेको छ ।

     

    जेष्ठ नागरिकको दिवासेवा भबन फिनिसिङका लागि १२ लाख बजेट बिनियोजन भइसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । भबन निर्माण उपभोक्ता समितिका अध्यक्ष नआएको कारण काम सुरुवात नभएको मेयरको भनाई छ । नगरपालिकाले भबनको फिनिसिङ र अगाडी पार्क निर्माण गरिदिने बताएको छ ।
    क्याप्सनः तातो घामबाट छेलिदै बृद्धबृद्धाहरु, तस्विर : चिसाङ शेर्पा, २०७५ भदौ ६ गते साँझ ८: ०६ मा प्रकाशित
    यो पनि पढ्नुहोस

    सम्मानजनक अभिभावक पालन पोषण गर्ने सम्मानित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

    युएईमा उधौली मनाईयो

    समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

    माछा मार्न थापेकाे जालमा शिशुको शव फेला परेपछि… अनलाईन लोगो

    समायोजन खबर सप्तरी, सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा...

    जीप दुर्घट्नामा एकको मृत्यु, चालक गम्भीर घाईते

    चिसाङ शेर्पा खोटाङ खोटाङमा बोलेरो जीप दुर्घट्ना हुँदा एकजनाको...

    विद्यालयको स्वर्ण जयन्तीमा ५० वत्ती बालिए

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा...

    मुख्य समाचार

    शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

    सिन्धुपाल्चोकमा बस दुर्घटना,१२ जनाको मृत्यु

    समायोजन खबर काठमाडौं, सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस खाडिचौर–जिरी...

    मौसमविद भन्छन्, अझै वर्षा र हिमपातको संम्भावना

    समायोजन खबर काठमाण्डौ, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे...

    युएईमा उधौली मनाईयो

    समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

    भ्रमण वर्ष सफल बनाउनमा लाग्यो हलेसी तुवाचुङ नगरपालिका

    चिसाङ शेर्पा खोटाङ, सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०...