Samayojan khabar

Advertisment

SKIP THIS

जन्तेढुङ्गामा बैंक नहुंदा चरम समस्या

चिसाङ शेर्पा खोटाङ,

बैंक नहुंदा गाउँपालिकालाई चरम समस्या भएको छ । जिल्लाको दश स्थानिय तहमा करीव बैंक स्थापना भइसके पनि जन्तेढुङ्गा गाउँपालिकामा अहिलेसम्म बैंक नहुंदा कार्य सञ्चालनमा ठूलो समस्या भएको हो ।

 

गाउँपालिकास्थित चिसापनीमा रहेको कृषि विकास त्यस बैंकलाई गाउँपालिकाको कारोवार गर्न राष्ट्रिय वाणिज्य बैंकले अनुमती नदिंदा सानोदेखी ठूलोसम्मको बैकिंङ कारोवार गर्न अत्यन्तै समस्या भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिए । जन्तेढुंगा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकबाट ‘क’ बर्गको इजाजत मान्यता प्राप्त सनराईज बैंक आउनलाई टुंगो लागेको थियो । तर, कृषि विकास बैंकले आफै कारोवार गर्न सक्छौ भनेर फर्काइ दिएछ । गाउँपालिका प्रमुख राइले भने, “बैंकका लागि हामीले वर्षको डेढ लाखमा घरसमेत पक्कापक्की गरीसकेका थियौ । बिडम्बना बैंक आएन । भएको कृषि विकास बैंकले कारोवार गर्दैन । सम्बन्धित निकायसम्म हाम्रो आवाज पु-याइदिनु प-र्यो ।”

 

सदरमुकाम दिक्तेलबाट भौगालिक रुपमा टाढा रहेको उक्त स्थानका गाउँपालिका र पालिकावासी दुई तीन दिन धाएर बैंकिङ कारोवार गर्दै आएका छन् । विभिन्न योजना सञ्चालनका लागि निर्माण उपभोक्ता समिति बनाउनुपर्छ । एक स्रोतले भन्यो, ‘उक्त समितिलाई हामी चेक दिन्छौ । अध्यक्ष/कोषाध्यक्षको हस्ताक्षर गरेर एकजना खोटाङबजार बैंक जान्छन् । कदाचित सही नमिल्दा उहाँहरुको समय त्यतिकै खेर जान्छ । फेरी एकपटकमा खोटाङबजार बैंकले १ लाखभन्दा माथि पैसा दिदैंन । अनि, समिति काममा भन्दा धेरै गाउँपालिका र बैंक धाउनुपर्ने बाध्यता छ ।’

 

गाउँपालिकामा कम्तीमा एक पटकमा दश लाखको चेक भुक्तानी गर्ने तथा २६ करोडसम्मको कारोवार गर्न सक्ने बैंकको आवाश्यक रहेको गाउँपालिकाले जनाएको छ । बैंक नभएकै कारण शिक्षकहरुलाई माशिक रुपमा गाउँपालिकाले दिंदै आएको तलबसमेत शिक्षकले बेलामा पाउन सकेका छैनन् । हाल गाउँपालिकाले एक दिनको वाटो खोटाङबजार, अन्य जिल्ला उदयपुरको बेल्टार बजार, विराटनगर र दिक्तेलबाट बैंक कारोवार गरीरहेको छ । ताकि गाउँपालिकाबाट सदरमुकाम दिक्तेलबजार दुइ दिनको पैदल यात्रामा मात्र पुग्न सकिन्छ ।
२०७५ साउन २४ गते दिउँसो ४ : ३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...