जालपाका वडाध्यक्ष राई बने बिसंखेका अभिभावक

  • बिसंखेले पाए अभिभावक
  • अनलाईन लोगो

    चिसाङ शेर्पा  खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले सालपीदेबी प्रावि लफ्याङका कक्षा २ मा अध्ययनरत छात्र परिज्ञान बिसंखेलाई अभिभावकत्व ग्रहण गर्नुभएको छ । वडा शिक्षा समिति लफ्याङले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसारको भुसंरक्षण गोष्टीको अवसरमा राईले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

     

    बुबा बैदेशिक रोजगारीमा मृत्यु भएको र आमाले दोश्रो विवाह गरेपछि आर्थिक स्थिती कमजोर तथा एकल महिला हजुरआमाको साथमा बस्दै आएका बालकलाई वडाध्यक्ष राईले बुधबार अभिभावकत्व ग्रहण गरेका हुन् । यसअघि नै उद्घोष गरीसकेका राईले औपचारिक रुपमा अभिभावक बन्नुहुंदै वर्ष दिनलाई पुग्नेगरी स्टेशनरी सामग्री दिनुभएको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो ।

     

    छात्र विसंखेलाई वडाध्यक्ष राईले ४ हजार बराबरको लत्ताकपडा केही समयअघि दिइसक्नु भएको थियो । बिसंखेसँगै लफ्याङमा तीनजनाले बालबालिकाले अभिभाव पाएका छन् । जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङले श्रीमावि बाँसवोटे कक्षा पाँचमा अध्ययनरत शिलिमिका राई तथा तत्कालिन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले सोही विद्धालयमा कक्षा ८ मा अध्ययनरत छात्रा अनुशा श्रेष्ठको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
    २०७५ साउन २३ गते राती ९ : १० मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    गौरिका सिंहले जितिन् अर्को स्वर्ण

    समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

    सुनको मूल्यमा लगातार गिरावट

    समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

    अटो दुर्घट्ना,एकको मृत्यु

    समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

    एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

    चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

    स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

    समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

    मुख्य समाचार

    गौरिका सिंहले जितिन् अर्को स्वर्ण

    समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

    गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

    समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

    सुनको मूल्यमा लगातार गिरावट

    समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

    अटो दुर्घट्ना,एकको मृत्यु

    समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

    महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

    समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...