ऐसेलुखर्क गाउँपालिका तदर्थ समन्वय परिषद गठन

ऐसेलुखर्क गाउँपालिका तदर्थ समन्वय परिषद गठन




चिसाङ शेर्पा फागुन/२४ खोटाङ,
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषदको तदर्थ समिति गठन गरिएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समिति खोटाङको पहलमा बुधबार किशोर राईको अध्यक्षतामा ८ सदस्यीय आदिबासी जनजाती महासंघ ऐसेलुखर्क गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । समन्वय परिषदको उपाध्यक्षमा कृष्णचन्द्र श्रेष्ठ कसजु, सचिवमा हर्क बहादुर सुनुवार, सहसचिव बाबुराम भुजेल र कोषाध्यक्षमा मेधा शेर्पा चयन भएका छन् ।

 

गुरुङ र मगर समुदायको सदस्यहरु पछि पदपुर्ती गर्नेगरी हाललाई केही पद खाली राखिएको नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष हात्तीराम राइले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका विभिन्न जनजातीय संगठनका प्रतिनिधिलाई समेटेर आदिबासी जनजाती महासंघ ऐसेलुखर्क गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो ।

 

नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष राइसहित सदस्य उदीम चाम्लिङ, ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौला, उपप्रमुख पुष्पकला भुजेल लगायतको उपस्थितीमा बुधबार आदिबासी जनजाती महासंघ ऐसेलुखर्क गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । महासंघले यसअघि केपीलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र रावाबेंशी गाउँपालिकामा समिति गठन गरिसकेको छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology