Samayojan khabar

Advertisment

SKIP THIS

फागुन १२ देखि औद्योगिक प्रदर्शनी

फागुन १२ देखि औद्योगिक प्रदर्शनी




काठमाडौं, १७माघ –घरेलु तथा साना उद्योग विकास समितिले आगामी फागुन १२ देखि औद्योगिक प्रदर्शनी गर्ने भएको छ । समितिले फागुन १२ गतेदेखि १७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा उक्त प्रदर्शनी गर्न लागेको हो । ‘मेड ईन नेपाल गौरव गरौ, स्वदेशी वस्तु प्रयोग गरौं’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो प्रदर्शनी २८ औं हो ।

प्रर्दशनीमा ७५ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरूको सहभागीता रहने समितिले जनाएको छ । ‘स्थानिय उद्यमीले उत्पादन गरेका स्वदेशी वस्तुलाई एउटै छानामुनीवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागेका हौं,’ समितिका उप कार्यकारी निर्देशक राजेन्द्र मिश्रले भने । उद्यमीलाई आफ्ना विविध वस्तु प्रदर्शन तथा विक्रीका लागि प्रदर्शनी लाभदायक हुने समितिको विश्वास छ ।

प्रर्दशनीमा प्राकृतिक रेशावाट उत्पादित कपडा र विविध वस्तु, सुर्खेत जाजरकोटको किमती पत्थर, सिस्नुको पाउडर, जडीवुटी, वाँसका कपडा तथा विविध वस्तु पाइनेछ । त्यस्तै, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, अल्लोवाट निर्मित वस्तु, ढाकावाट निर्मित सामान तथा छालाजन्य वस्तु पनि प्रदर्शनीमा राखिनेछ । स्थानिय कच्चा पदार्थमा आधारीत वस्तु तथा उत्पादन प्रर्दशनीका मुख्य आकर्षणको रुपमा रहने समितिले जनाएको छ । प्रर्दशनीमा ३ सय स्टल रहने छन् । आइतवार, माघ १६, २०७३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology