Samayojan khabar

Advertisment

SKIP THIS

सी एन एन (CNN) ले शेर्पा हरूलाई किन SUPER HUMAN भनेको रहेछ त ?

सी एन एन (CNN) ले शेर्पा हरूलाई किन SUPER HUMAN भनेको रहेछ त ?




शेर्पाहरू हिमाल चढेर आफू मात्र फर्कंदैनन् । उनीहरूसँगै फर्कन्छ— अनुभव, कीर्तिमान, पैसा र नयाँ पर्यटकीय सम्भावना । यतिमात्र होइन, शेर्पाहरू हिमाल चढेर फर्कंदा जोखिम त घटाएर फर्कन्छन् नै, हरेकपल्ट नौलो मानिने हिमाली संसारको यात्राबाट आरोहीहरूलाई सकुशल फिर्ता लिएर आउँछन् । सिएनएनले त्यसै शेर्पाहरूलाई ‘सुपर ह्युम्यान’ भनेको होइन । यसका पछाडिको कारण हो— रहस्यमय यात्रा मानिने हिमाल आरोहणमा शेर्पाहरूको साहस, हाई अल्टिच्युडमा सर्भाइभ गर्न सक्ने फरक जिन र हिमालहरूमा बित्ने उनीहरूको जादुगरी जिन्दगी । त्यही असाधारण जीवनशैलीकै कारण शेर्पाहरू ‘सुपर ह्युम्यान’ भएका हुन् । सगरमाथा शिखरसम्म बाटो खोल्न

इन्जिनियरिङ गर्ने, बाटो बनाउने, आँखाकै पावरको भरमा मौसमको पूर्वानुमान लगाउने, हावापानी बदलिनेबित्तिकै भत्कने हिमाली बाटो मर्मत गर्ने, पुल हाल्ने, डोरी बाँध्ने, सामान ओसार–पसार गर्ने तथा आरोहीहरूलाई सकुशल सगरमाथामा पुर्‍याएर फर्काउने शेर्पाहरू नै त हुन् । अरू त केवल त्यही कोरिदिएको बाटो, हालिदिएको पुल र डोरीको सहायता लिँदै सगरमाथाको चुचुरोमा पुग्छन्, झन्डा फहराउँछन् र फर्कन्छन् । हरेक आरोहण सिजनमा शेर्पाहरू यसमै खटिन्छन्— आफ्नो जीवनको परवाह नगरी । त्यसैले होला गत मार्चमा सगरमाथा आरोहण गरेका भारतीय नागरिक देवराज दत्तले एक अनलाइनसँग भनेका छन्, ‘सगरमाथा र शेर्पा दुवै अद्वितीय छन् । शेर्पाहरू भएनन् भने कसैले सगरमाथा चढ्न सक्दैनन् ।’ शेर्पाहरू सगरमाथा चढ्न अरूलाई मात्र सघाउँदैनन्, आफैं पनि वर्षैंपिच्छे सगरमाथा आरोहणमा फरक, भिन्न र नौला कीर्तिमान कायम गरिरहेका हुन्छन् । शेर्पा र कीर्तिमान घाम र छायाँजस्तै हुन् । हरेक शेर्पासँग कि त कीर्तिमान हुन्छ, कि त नयाँ अनुभव । त्यसैले त सधै नौलो मानिने हिमाली संसारको यात्रा शेर्पाहरूका लागि आफ्नो जीवनशैली बनिदिन्छ ।
त्यही विशेष उत्परिवर्तनका कारण शेर्पाहरू सामान्य मानिसलाई चाहिने भन्दा ४० प्रतिशत कम अक्सिजन भएको वायुबाट पनि सजिलै काम चलाउन सक्छन् । यही कारणले ४ हजार मिटरभन्दा अग्ला स्थानमा पनि यो जातिले सहजै जीवनयापन गर्ने सामथ्र्य राख्छ । शेर्पाहरूको जीनमा विद्यमान ‘इपीएएस–१’ नामक म्युट्रेसन ८७ प्रतिशत शेर्पामा रहेको तथ्य पनि उक्त अनुसन्धानबाट पत्ता लागेको थियो ।
उक्त म्युट्रेसन धर्तीमा ४१ हजार वर्षपहिले बसोबास गर्ने र हाल अस्तित्वमा नरहेको ‘डेनिसोभन’ जातका मानिसमा पाइएको थियो । ती जातका मानिसको अवशेष केही वर्षअघि मात्र रुसको डेनिशोभा गुफामा फेला परेको थियो । उक्त गुफामा भेटिएका अवशेषको अध्ययन गर्दै जाँदा तिनै जातिले बोक्ने एक विशेष जिन नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूमा भएको प्रमाणित भएको थियो । जब मानव सभ्यता अफ्रिका हुँदै एसिया र युरोपतर्फ बढ्यो, त्यस बखत हाल हामी मानव जातिका पुर्खासँगै डेनिसोभन र नेन्डरथल पनि हामीसँगै बसाइँ सरेका थिए ।
जातीय रूपमा भिन्नै भए पनि यिनीहरू बीचमा गुप्त भेट भएको र त्यही कारणले गर्दा हाल एसियनहरूमा उक्त जीनको अवशेष बाँकी रहेको अध्ययनले बताउँछ । रोमाञ्चक कुरा के छ भने कम अक्सिजनमा पनि साधारण जीवनयापन गर्ने डेनिसोभनहरू हिमाली बासिन्दा थिएनन् तर उनीहरूको उक्त विशेषताले आज आएर शेर्पा जातिलाई हिमाल (जहाँ न्यूनतम मात्रामा अक्सिजन पाइन्छ) मा पनि काम गर्न सहज बनाएको छ ।
हिमालमा बसोबास गर्ने सबै प्राणीको शरीर बाक्लो रौंले भरिएको हुन्छ भने तराईमा बस्नेहरूमा कम रौं हुन्छ तर हिमाली शेर्पा जातिमा भने रौंको मात्रा न्युनतम हुन्छ । वातावरणीय हिसाबले हेर्दा उनीहरूमा पनि चिसोसँग जुध्न रौंको प्रचुरता देखिनुपर्ने हो, तर त्यस्तो छैन । यसको कारण पनि तिनै डेनिसोभनहरूको जीन हुन सक्छ । जुन जातिको केश लामो र बाँकी शरीर रौं मुक्त हुन्थ्यो । ३० हजार वर्षपहिले मानव हालको स्वरूपमा नआउँदै विश्वमा फरक–फरक प्रजातिका मानिसको बसोबास थियो ।
तीमध्ये नेन्डरथल नामक प्रजातिको नजिकको सम्बन्ध रहेका डेनिसोभन प्रजातिका मानिसहरूसँग आधुनिक मानवका पुर्खाहरूको संसर्ग भएपछि त्यो विशेष जिन स्थानान्तरण भएको हुनुपर्ने र तिनै जीन बोकेका मानिसहरू हालका शेर्पाका पुर्खा भएको खोजले देखाएको थियो । ‘डेनिसोभन’ जातका मानिसहरू कस्ता थिए भनेर यकिन हुन नसके पनि ‘डेनिसोभा’ गुफामा प्राप्त उनीहरूको औंलाको हड्डी तथा दाँतको डीएनए परीक्षणबाट शेर्पाहरूमा विद्यमान यो अनौठो जीनको रहस्योद्घाटन भएको हो।अर्को एक अनुसन्धानले पनि शेर्पाहरूमा अरू मानवभन्दा भिन्न कोष रहेको देखाएको छ । डेनी लेभेट एक्स्ट्रीम एभरेष्ट नामक संस्थाकी संस्थापक तथा युनिभर्सिटी हस्पिटल साउथ ह्याम्टन बेलायतकी क्लिनिकल केयर कन्सल्ट्यान्ट हुन् ।
सन् २०१३ मा सम्पन्न ‘एक्स्ट्रीम एभरेस्ट–२’ नामक वैज्ञानिक आरोहणकी अंग रहेकी डेनीले शेर्पाहरूको शारीरिक सबलता एवं उचाइमा काम गर्न सक्ने उनीहरूको क्षमताका सम्बन्धमा अध्ययन गरेकी थिइन् । लन्डनमा सम्पन्न वल्र्ड एक्स्टि्रम मेडिसिन एक्स्पोमा प्रेषित गरिएको उनको अवधारणाअनुसार शेर्पाहरूको शरीरमा एउटा भिन्नै प्रकारको मानवकोष हुन्छ, जसले परिवर्तित वातावरणमा पनि शक्ति सिर्जना गर्न सक्छ । लेभेटले उक्त कोष जसलाई वैज्ञानिक भाषामा ‘मिटो कोन्ड्रिया’ भनिन्छ, शेर्पाहरूमा साधारण मानिसभन्दा बेग्लै र बढी प्रभावकारी भएको बताएकी छिन् ।

थानेश्वर गुरागाईं

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology