Samayojan khabar

Advertisment

SKIP THIS

वैतडीमा अधिकारकर्मीबाटै महिलामाथि निर्घात कुटपिट

वैतडीमा अधिकारकर्मीबाटै महिलामाथि निर्घात कुटपिट




१६ पुस, काठमाडौं । वैतडीमा अधिकारकर्मींबाटै एक महिला निर्घात कुटिएकी छन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दको कुटाइबाट गुरुखोलाकी माधवी भट्ट गम्भीर घाइते भएकी हुन् ।

कुटपिटबाट भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । घाँटी र कम्बरमा लागको चोटका कारण उनी हिँड्न नसक्ने स्थितिमा छन् । उपचारको क्रममा उनको टाउकोमा पाँच टाँका लगइएको छ ।

बाख्रा बारीमा पसेको निहूँमा चन्दले भट्टलाई कुटपिट गरेकी थिइन् । चन्दाले भने आफूलाई अनेक आरोप लगाएका कारण सहन नसकेर कुटेको वताएकी छन् । जिल्ला प्रशासन कार्यालयले घटनालाई निन्दनीय भनेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Source:online khabar

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology