Samayojan khabar

Advertisment

SKIP THIS

विश्व शेर्पा संघका विधान मस्यौदा समितीलाई सुझाब

विश्व शेर्पा संघका विधान मस्यौदा समितीलाई सुझाब




विश्व शेर्पा संघका संस्थापक सदस्य,संस्थातथाविधान मस्यौदा समितीलाई न्यूयोर्क अमेरिकामा बस्दै आएकाआङबाबु शेर्पाको सुझाब
नेपालल गायतविश्वका बिभिन्न मूलुकहरुमा छरिएर रहेका शेर्पा जातिशरुको भाषा,धर्म,संस्कृतितथा परम्परागतमूल्यर मान्यताहरु जस्ता ऐतिहासिक मौलिक पहिचानको संरक्षण र संबद्र्धन गर्न सम्बन्धित देशको प्रचलित कानुनको अधीनमा रही स्थापना भएका सबै शेर्पा संघ सम्बन्धित संघ संस्थाहरुको बीचमा संस्थागत एकता कायमगर्दै बिश्वभरी छरिएर रहेका शेर्पाहरुको आपसमा युगौयुग सम्म प्रगाढ सम्बन्ध स्थापितथर्ने उद्धेश्यका साथ बिश्वशान्तिका अग्रदुत भगवान बुद्धको मार्गदर्शनलाई जीवनको मूलमन्त्रमान्दै संयुतm राष्ट्रसंघको बडापत्रलाई आधार मानेर मानवअधिकार र बिश्वभातृत्वको लागी पहलगर्दै संस्थागत एकताकालागि बिश्वभरी स्थापना भएका र आगामी दिनमा हुने संघ संस्थाहरुको प्रत्यक्ष प्रतिनीधिमूलक साझा सहभागिता रहने गरी बिश्व शेर्पा संघको गठन भई प्रथम ऐतिहासिक सम्मेलन २०१७ नेपालको राजधानी काठमाडौंमा हुनगईरहेको परिपे्रक्षमा म पनि यस शेर्पा समाजको एक सचेत र शुभचिन्तकको नाताले केहीप्रत्यक्ष सरोकारको बिषयहरुमा यस विश्व शेर्पा संघको विधान मस्यौदा समितिलाई केही सल्लाहतथा सुझाबदिन चाहान्छु ।
सरोकार नं. (१) विश्व शेर्पा संघको मस्यौदा समितिले विधानको खाकातयार पारिसकेको र उक्तबिधान सबै संस्थापक सदस्य संस्थाहरुले आ–आफ्नो संघ संस्थाहरुकाकार्य समिती बैठकमा ब्यापक छलफल गरी संस्थाको आधिकारिक धारणा सम्मेलनको अगाबै गर्नु,गराउनु होलाभनि अनुरोध गर्न चाहान्छु ताकी सम्मेलनमा भागलिने प्रतिनीधिले विधानपारित गर्ने क्रममा संस्थाको भावनाअनुसार मतजाहेर गर्न सकुन् ।
सरोकार नं. (२) विधानको मस्यौदा अनुसार संघको महाधिवेशनप्रत्येक चार÷चार वर्षमागरिने र संघमा ३१ सदस्यीयकार्य समिति चयनगरिने उल्लेख छ, तर मेरो विचारमा निर्वाचन प्रणाली बहुमतिय प्रणालीबाट गर्दा पद प्राप्तीको लागि आपसी प्रतिस्पर्धा गर्दा एक आपसमा प्रत्यक्ष अप्रत्यक्ष रुपबाट आपसी द्धन्द र मनमुटाबको स्थिति सृजनाहुन सक्ने संभावनालाई नकार्न सकिदैन ,त्यसैले नेतृत्वको चयनगर्दा यथासंभव सहमतीमा, सहमतीमा संभवहुने नसके महादेशीय आधारमाचक्रिय प्रणालीमा जानु उचित र बिषयका लागि विवाद रहित उपायहुन सक्छ ,कारण निर्वाचन प्रणालीमा जाँदा नेतृत्व लिने क्रममा बिभिन्न गुट,उपगुट,दोजियता र राजनीतिक विचारधाराको आधारमा बिभाजननहोउन् ।
सरोकार नं.(३) संघको नाममा आपतकालिनकोष खडा गर्ने प्रस्ताब बहुमतले पारित गरी त्यस मार्फत बढी भन्दा परोपकारी कार्यहरु गर्नु पर्दछ भन्ने मेरो धारणा छ ।
सरोकार नं.(४) यस संघले एक अधिकार सम्पन्न समिती गठन गरी हामी शेर्पाहरुको सामाजिक संस्कार जस्तै जन्म,विवाह तथा मृत्यु लगायतका संस्कारहरुमा गरिने सम्पूर्ण बिषय बस्तुहरुलाई एकीकृत रुपमा लिपिबद्ध गर्दै नेपाली अंग्रेजी र भोटलिपीमा प्रकाशित गरी उक्त दस्तावेज (पुस्तक) शेर्पाको सबै संघ संस्थाहरुलाई निशुल्क वितरण गर्नु पर्ने देखिन्छ ।
सरोकार नं.(५) हाम्रो शेर्पा समाजमा चलिआएको प्रमुख मूल थर बाहेक मुल थर उपथरहरु पनिप्रचलनमा रहेको सन्र्दभमा बोलीचाली र लेखाइमा बिभिन्नउपथरको प्रयोग गर्नु भन्दामूलथर नै प्रचलनमा ल्याउनु उपयुक्त र सान्र्दभिक देखिन्छ । जस्तै मिङयाक्पाको विभिन्नउपथर छन् तिहुन् गोले,पिनास,गर्जा आदि । यि सब उपथर प्रयोग गर्नूको सट्टा उक्त थरका सबैले (१) मिङ्याक्पा (२) थिमी(३) पेनाक्पा(४) लामा (५) च्यावा आदि मूल थर मात्रप्रयोग गर्नाले यसको प्रयोगमा रहेको जटीलतहरु कम हरन जाने देखिन्छ ।
हामी शेर्पाहरुको हाल अस्तित्वमा रहेका सम्पूर्ण थर र उपथरहरु पहचिान गरि यदि कुनै मूलथर छुट्न गएको भए उक्त मूल थरलाई पनि समेटी सबैले अपनत्व अपनाउन सक्ने गरी साझा दस्तावेज पारित गर्नु पर्ने देखिन्छ ।
आङबाबू शेर्पा
न्यूयोर्क अमेरिका

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology