Samayojan khabar

Advertisment

SKIP THIS

बौद्धमा गुरु बज्र जप सुरु

बौद्धमा गुरु बज्र जप सुरु




काठमाडौँ, ८ पुस । सम्पूर्ण प्राणीको सुख, शान्ति र कल्याणको कामनासहित बौद्धमा आजदेखि गुरु बज्र जप (विश्व शान्ति पूजा) सुरु भएको छ ।

बुद्ध समाज सेवा केन्द्रले आयोजना गरेको १० दिन लामो शान्ति पूजाको नेतृत्व श्यरटुल दम्क्ष्यो ग्यछो रिन्पोछेले गरिरहनुभएको छ । रिन्पोछे पूजाका लागि भारतको हिमाञ्चल प्रदेशबाट आउनुभएको हो ।

विश्व शान्ति पूजाको आज स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गर्दै विश्वमा शान्ति प्रवद्र्धन गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो ।

“गौतमबुद्धको जन्म नेपालमै भएको हो र बुद्धत्व पनि नेपालबाटै प्रारम्भ भएको हो, यो सत्यलाई कसैले पनि लुकाउन सक्दैन, यसको थप दार्शनिक आधार खोजेर गौरवका रुपमा प्रचारप्रसार गर्न जरुरी छ” – उहाँले भन्नुभयो ।

मन्त्री थापाले बुद्धले देखाएको बाटोलाई व्यावहारिक रुपमै आत्मसात् गर्न सके त्यसले सबै नेपालीको कल्याण हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीद्वय आनन्द पोखरेल र कृपाशुर शेर्पाले बुद्ध दर्शन कुनै जाति विशेषको नभई विश्वकै दर्शन भएको बताउनुभएको थियो ।

विश्व शान्ति पूजामा १० करोड महासिद्धि मन्त्र जपसमेत गरिने बताइएको छ । बज्र गुरु मन्त्रमा अटल तथा विनाश नहुने शक्ति रहेको विश्वास बौद्ध धर्मावलम्बीहरुमा छ ।

मानिसको विचारमा शुद्धीकरण ल्याउन र अहङ्कार हटाउन शान्ति पूजा गर्न लागिएको आयोजकले जनाएको छ ।

बौद्ध विश्वास अनुसार यो वर्ष अग्नि बाँदर वर्ष परेको र गुरु रिन्पोछेको जन्म वर्ष पनि परेकाले मन्त्र जप तथा विश्व शान्ति पूजा गर्न लागिएको हो ।
पूजा अवधिभर निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने भएको छ

सम्बन्धित समाचार

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology