Samayojan khabar

Advertisment

SKIP THIS

लाक्पा फुटी शेर्पा भन्छिन ‘अरु पुस्तकमा हिमाली जीवन यर्थाथ रुपमा पाइएन ।’

लाक्पा फुटी शेर्पा भन्छिन ‘अरु पुस्तकमा हिमाली जीवन यर्थाथ रुपमा पाइएन ।’




लाक्पा फुटी शेर्पा

लेखक

शेर्पा समुदायमा पहिलो लेखक महिलाका रूपमा परिचित छिन्, लाक्पा फुटी शेर्पा । उनको पहिलो पुस्तक हिमालमा चालीस वर्ष ले पाठकहरूबाट राम्रो प्रतिक्रिया पायो । यो पुस्तक अंग्रेजी भाषामा समेत अनुवाद भइसकेको छ । उनको दोस्रो उपन्यास हो, हिमालकी छोरी । हिमाली जनजीवनका विषयवस्तु समेटिएको यो पुस्तक अझै पाठकका लागि रुचिको विषय हुने उनले अपेक्षा गरेकी छिन् । उनी पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको कार्यकारी निर्देशक पनि हुन् । लाक्पाफुटीसँग गरिएको कुराकानी :
कसरी पुस्तक लेखनतिर आकर्षित हुनुभयो ?
नेपालका विषयवस्तुबारे विदेशी लेखकले लेखेका पुस्तकहरूमाथि हामीले निर्भर हुनु परेको छ । हिमाली क्षेत्रबाट नेपालीहरूले नै लेखेको कमै पाइन्छ । नेपालीहरूले जति विदेशीले गहिराइमा बुझेका हुँदैनन् । कथा कि त वास्तविक हुनुपर्छ कि त लेख्नै हुन्न । त्यही मान्यताले म लेखनमा आकर्षित भएँ ।
भनेपछि, नेपालका हिमालबारे विदेशी लेखकहरूले लेखेका पुस्तकमा केही कमी छ ?
विदेसी लेखकहरू दुई हप्ता हिमाली भेग घुमेकै भरमा पुस्तक लेख्छन् । उनीहरूले विषयवस्तु, त्यो परिवेश राम्रोसँग बुझेकै हुँदैनन् । हामी त्यही ठाउँमा जन्मियौं, हुर्कियौं, भारी बोक्यौं, पर्यटन क्षेत्रमै होमियौं । हाम्रो बुझाइको दायरा फराकिलो हुन्छ । र, हामीले लेख्दा विस्तृतमा लेख्न सक्छौं । विदेशीहरूको लेखनमा वास्तविक अनुभूति भेटाइदैन तर हामीले लेख्दा हाम्रो भाबना र भोगाई पनि जोडिएर आउँछ ।

विदेशीहरूसँग तपाईंको बाक्लो संगत र सम्पर्क छ । नेपालबारे उनीहरूको चासो केमा पाउनुहुन्छ ?
हिमाल र यहाको संस्कृतिबारे । तर, कतिपय अवस्थामा उनीहरूकै कारण नेपालबारे गलत सूचना पनि गएको छ ।
तपाईलाई कस्ता खाले पुस्तक पढ्न मनपर्छ ?
हिमाल, पर्यटन र आरोहीहरूबारे लेखिएका पुस्तक पढ्न मनपर्छ । यिन विषयवस्तुहरू समेटिएका मसँग थुपै्र फ्रेन्च, अंग्रेजी पुस्तकहरू छन् । कति उपहारका रूपमा पाए, कति आफैंले किनें । यसबाहेक मलाई आत्मकथा र उपन्यास पढ्न मनपर्छ । सरल भाषामा लेखिएका पुस्तक जसबाट केही सिक्न सकियोस् ।

तपाईंलाई मन परेको पुस्तक ?
एक जना चाइनिज महिलाले लेखेको पुस्तक स्वान । यसमा तीन पुस्ताको कथा छ । मैले यो पुस्तक दुई चोटी पढें । तै पनि भर्खरै पढे जस्तो लाग्छ । कलाकार हरिवंश आचार्यको चिना हराएको मानिस पनि मनपर्‍यो । उहाँको व्यक्तित्व जति सरल छ, पुस्तकको लेखनशैली पनि त्यति नै सरल र मीठो छ ।

पुस्तकमा कत्तिको लगानी गर्नुहुन्छ ?
वार्षिक त्यस्तै १० हजार रुपैयाँ खर्च हुन्छ । मैले पुस्तक पढिसकेपछि अरूलाई पढ्नका लागि दिन्छु । मैले बढी मात्रामा पुस्तक नै उपहार दिन्छु ।

कुन समयमा लेखपढ गर्न रुचाउनुहुन्छ ?
बिहानको समयमा पढ्न, रातिको समयमा लेख्न रुचाउँछु । केही कुरा मनमा आयो भने टिपेर राख्ने बानी छ ।

आफ्नो पुस्तकबारे कस्तो प्रतिक्रिया पाउनुभयो ?
कसैले भनेको थियो, हिमालमा चालीस वर्ष पढेपछि कतिलाई रुवाउनेछ । तर, मलाई विश्वास थिएन । यतिबेला मैले त्यही भोगिरहेको छु । मलाई भेट्नम आएका केही पाठक आफ्नै आँखाअघि रोएको पनि देखेकी छु ।

मेरै जस्तो दु:ख भोग्नु भएको रहेछ भने । कतिले रुँदै हसाउने, हास्दै रुवाउने खालको रहेछ भने । त्यस्तै हिमालकी छोरी पढेर पनि राम्रो प्रतिक्रिया पाइरहेकी छु ।

Source:sherpa khabar

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology