खडेरी प्रभावितलाई खाद्यान्न वितरण गर्दै स्थानीय सरकार

समायोजन खबर खोटाङ,
जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित स्थानीयलाई खाद्यान्न वितरण सुरु गरेको छ । लामो समयसम्म परेको खडेरीका कारण मकै छर्न नपाएको तथा छरेको मकै पनि खडेरीले सुकेर मर्दा खाद्य संकट झेल्न वाध्य नगरबासीलाई नगरपालिकाले बुधबारदेखि राहत स्वरुप चामल वितरण सुरु गरेको हो । खडेरी प्रभावितलाई हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेबाट खाद्यान्न वितरण सुरु गरिएको नगरप्रमुख इवन राईले बताए ।

 

नगरपालिकाका ११ वटा वडाका करिब ५ हजार ५ सय घरधुरीका खडेरी पिडितलाई जनही १० केजीका दरले चामल वितरण सुरु गरिएको हो । खडेरीले मकैको बिरुवा भासभुस मर्न थालेपछि नगरसभाबाटै खाद्य संकट क्षेत्र घोषणा गरेर खाद्य सुरक्षाको कार्यक्रम ल्याएको नगरपालिकाले करिब १ करोड ३० लाख बराबरको चामल खरिद गरेर ल्याएको छ । खडेरीका कारण खाद्य संकट बेहोरिरहेका सर्वसाधारणलाई दशैं तिहार मनाउन समेत अप्ठ्यारोमा परिरहेको अवस्थामा खाद्यान्न वितरण सुरु गरिएको नगरप्रमुख राईले बताए ।

नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तीमा मासिक १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण सुरु गरेको हो । नगरप्रमुख राई, उपप्रमुख बिमला राई लगायतको टोली चामल लिएर गाउँ गाउँमा पुग्दा चामल लिन आउनेको स्थानीयको भीड लागेको छ । दशैंसम्ममा नगरपालिकाभित्रका सबै खडेरी पिडितलाई खाद्यान्न वितरणको काम गरिसकिने नगरप्रमुख राईले बताए ।
२०७६ असोज १७ गते मध्यान्ह १२ :५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...