एम्बुलेन्स दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

समायोजन खबर खोटाङ,
एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको उपचारार्थ आफन्तले आर्थिक सहयोग गरेका छन् । बिरामी आफन्तलाई अस्पताल लैजानेक्रममा गत असोज–२ गते राति सप्तरीको कञ्चनपुरस्थित बेरियरमा एम्बुलेन्स दुर्घटना हुँदा गम्भीर घाइते भएका आचार्यलाई पत्रकार हरिबोल आचार्य, युवा नेता गोपालचन्द्र आचार्य र स्थानीय युवा राजन आचार्यकोे पहलमा संकलन भएको दुई लाख ७२ हजार १० रुपैयाँ बिहीबार आचार्यको घरमै पुगेर प्रदान गरिएको हो ।

दुर्घटनामा परेर अहिलेसम्म अचेत रहेका आचार्यको उपचारका लागि आर्थिक समस्या भएपछि आफन्त तथा छरछिमेकबाट सहयोग जुटाइएको रकम संकलन अभियानका अभियान्ता पत्रकार आचार्यले बताए । संकलित रकम स्थानीय देविप्रसाद आचार्य र मोहनप्रसाद आचार्यको उपस्थितिमा घाइते आचार्यकी आमा चन्द्रकला आचार्य र श्रीमती जानुका आचार्यलाई हस्तान्तरण गरिएको हो ।

 

बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत आचार्यको उपचारमा परिवारलाई आर्थिक समस्या भएको जानकारी प्राप्त भएपछि यसअघि असोज १० गते पञ्च मावि दिक्तेलका शिक्षक तथा कर्मचारीले एक लाख २५ सहयोग गरेका थिए । टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएका आचार्यको उपचारमा कति खर्च लाग्छ भन्ने अहिलेसम्म यकिन नभएको आफन्तले बताएका छन् । जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा युवराज आफै गम्भीर घाइते भएको आफन्तले बताएका छन् । रोकेर राखेको ट्रिपरलाई ठक्कर दिँदा एम्बुलेन्स समेत क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

 

गम्भीर घाइते बनेका आचार्यको भदौ ३ गते बेलुका टाउकोको सफल अप्रेसन गरिए पनि अवस्था चिन्ताजनक रहेको दाजु झमप्रसाद आचार्यले बताए । ‘दुर्घटनामा परेपछि अचेत बनेका भाइको होस अझै खुल्न सकेको छैन ।’ उहाँले भन्नुभयो, “आफूहरुसँग घाइते भाइको उपचारमा लाग्ने खर्च नभएकाले उनको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसँग आर्थिक सहयोगको याचना गरिएको हो ।” दिक्तेलबजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत आचार्यको घरमा वृद्धा आमा, श्रीमती र दुई नाबालक छोरा छन् । निम्न आर्थिक अवस्थाका घाइते आचार्यको उपचारमा अहिलेसम्म करीब नौँ लाख खर्च भइसकेको जनाइएको छ ।
२०७६ असोज १७ गते बिहान ९ :२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...