राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी पहिलो

चिसाङ शेर्पा खोटाङ,
दोश्रो उपप्रमुख कप राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समूह प्रथम भएको छ । सिराहामा आयोजित दुइ दिवसीय प्रतियोगितामा सात स्वर्ण, तीन रजत, तीन कास्य लिएर सो नगरपालिका पहिलो भएको हो ।

गोलबजार नगरपालिकाले गत बुधबार र बिहीबार आयोजना गरेको प्रतियोगितामा महिला/पुरुष एकलकातामा मोतिचन्द्र राई, रोश्मा राई, समूहकाता महिलातर्फ नन्जु राई, रोश्मा राई, बिद्याकला राईले स्वर्ण पदक दिलाएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष तथा प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार महिला कुमितेको ६१ प्लस केजी तौल समूहमा मिसडोना राई, ५५ केजी तौल समूहमा विद्याकला राई, पुरुष कुमितेको ७५ केजी तौल समूहमा रोजन राई र ७५ केजी प्लस तौल समूहमा ईश्वरधन राईले स्वर्ण पदक जितेका थिए ।

                           उत्कृष्ट खेलाडीको पुरस्कार लिंदै कराते खेलाडी मिसडोना राई । तस्विर समायोजन खबर

महिला कुमितेको ४० केजी तौल समूहमा युमासाम राई, ५० केजी तौल समूहमा नन्जु राई, ६१ केजी तौल समूहमा सोना राईले रजत पदक र समूहकाता पुरुषमा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि राई र मोतिचन्द्र राई तथा कुमितेतर्फ ५५ केजी तौल समूहमा अर्जुन श्रेष्ठ र ६७ केजी तौल समूहमा रुरिहाङ दुमि राईले कास्य पदक दिलाएर समूह प्रथम भएका हुन् । प्रतियोगिताका समूह प्रथमले नगद ५० हजार, ट्रफि, प्रमाणपत्र पाएका छन् । महिला खेलाडीतर्फ उत्कृष्ट खेलाडीको पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका खेलाडी मिसडोना राईले पाईन् । उनले नगद पाँच हजार र ट्रफि हात पारेकी छन् ।

२२ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा पाँच स्वर्ण जित्दै प्रदेश तीन काठमाण्डौ दोश्रो र तीन स्वर्ण जित्दै आयोजक तेश्रो भएका छन् । समापन समारोहमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सहभागी हुने प्रदेश नम्बर दुईका कराते खेलाडीहरु लेखनाथ मैनाली, गंगा कुसबार, रिता कार्की र सुशिल पौडेललाई सम्मान गरिएको थियो ।
२०७६ असोज १७ गते बिहान ७ :२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...