म्याद गुज्रेका सामान डिस्पोज

चिसाङ शेर्पा खोटाङ,
बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका दैनिक उपभोग्य सामग्रीहरु डिस्पोज गरिएको छ । चाडवाडलाई मध्यनजर राख्दै दिक्तेलबजारमा गरिएको बजार अनुगमनका क्रममा भेटिएको तरल तथा ठोस बस्तुहरुलाई डिस्पोज गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, घरेलु, कर कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उधोग वाणिज्य संघ र होटल व्यावसायीको रोहवरमा १ सय ५ पसलमा बुधबार अनुगमन गर्दा अधिकांस पसलमा म्याद गुज्रेका सामानहरु फेला परेकोे थियो । अनुगमन गर्दा सानो डिउ २०, जम्बो डिउ २४ बोतल म्याद गुज्रेका फेला परेको अनुगमन टोलीले जनाएको छ ।


विस्कुट १२ पोका, कुरमुरे ४० पोका, चकलेट तीन बट्टा, ठूलो पेप्सी १६ बोतल, मिरिण्डा सानोबाट १२ बोतल, बदाम जुस एक दर्जन, फुलको तेल एक काटन म्याद गुज्रेको फेला परेको थियो । उक्त म्याद गुज्रेका सामानलाई नगरपालिका नजिक डिस्पोज गरिएको छ ।

दर्ता भएका ८० पसल र दर्ता नभएका २५ पसलमा अनुगमन गरिएको थियो । दर्ता नभएका पसललाई हप्तादिनभित्र दर्ता प्रक्रियामा आउन भनिए पनि लगत्तै दशै भएकाले त्यसपछि दर्तामा आउन निर्देशन गरिएको कर अधिकृत गोपाल राईले बताए । दैनिक उपभोग्य वस्तुसँगै पसल तथा हाृटलहरु पान/भ्याटमा चुस्दुस्त भए/नभएको, मदिरामा स्टीकर भए/नभएको हेरिएकोे थियो ।
२०७६ असोज १५ गते साँझ ७ :०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...