छुवाछुत हटाउन सहभोज

समायोजन खबर सोलुखुम्बु,
सोलुदुधकुण्ड नगरपालिका ७ गार्मास्थित नाजिङमा नगरकार्यपालिका सदस्यले सहभोजको आयोजना गरेका छन् । मंगलबार कार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले जातिय समानताको सन्देश प्रवाहका लागि सहभोजको आयोजना गरेका हुन् । ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का नवनिर्वाचित सदस्य शेर्पाले दलित र गैरदलित समुदायका बीचमा कुनैपनि किसिमको भेदभाव नहोस् भन्नका लागि सहभोजको आयोजना गरेको बताए । पर्यटन व्यवसायी शेर्पाले दशै तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानको अबसरमा सहभोजको आयोजना गरेका हुन् ।

‘संविधानले नेपालमा छुवाछुत तथा भेदभाव नरहेको बताए पनि समाजमा अझैपनि विभेद बाँकी रहेकाले न्यूनिकरणका लागि सामाजिक सन्देश प्रवाहका लागि सहभोजको आयोजना गरेको हूँ ।’ उनले भने, ‘सहभोजले दलित र गैरदलित समुदायका मानिस बीचमा सामिप्यता तथा सामाजिक सद्भाव बढाएको छ ।’

सहभोजमा दलित समुदायका व्यक्तिले पकाएको मासु, चिउरा, अचार, चिया लगायतका खानेकुरा सामूहिक रुपमा खाईएको थियो । भोजमा दलित समुदायका कामी, दमाई तथा गैरसमुदायका नेवार, शेर्पा, मगर, तामाङ लगायतका जातजातिको सहभागीता थियो । स्थानीय मंगल बहादुर घिमिरेले सहभोजले समानताको सन्देश दिएको बताए । ‘हामीले पकायौँ, गैरदलित समुदायसंग बसेर खाईपिई ग-यौ । समान व्यवहार पाउदा को खुसी हुदैन् होला र ?’ उनले भने । सहभोजपछि दलित र गैरदलित समुदायका मानिसहरुले सामूहिक रुपमा नाचेर खुसी साटासाट समेत गरेका छन् थिए ।
२०७६ असोज १५ गते बिहान ८ :४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...