नेकपाबाट निर्वाचित वडासदस्य कांग्रेसमा प्रवेश

समायोजन खबर सोलुखुम्बु,
नेकपाबाट निर्वाचित वडासदस्य वैशलक्ष्मी विश्वकर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । सोलुदुधकुण्ड नगरपालिका ७ गार्माकी दलित महिला वडासदस्य विश्वकर्मा पार्टीकै नेताहरुले विभेदको व्यवहार देखाएको र दलित समुदायको लागि कुनैपनि योजना नदिएको भन्दै गार्मामा आयोजित एक कार्यक्रममा मंगलबार कांग्रेसमा प्रवेश गरेकी हुन् ।

वडासदस्य विश्वकर्मालाई नगरपालिकाकी प्रवक्ता शारदामाया तामाङले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् । नवप्रवेशी वडासदस्य विश्वकर्माले वडामा हुने कार्यक्रममा चिया विस्कुट खाँदासमेत विभेद गरेको, वडाको बजेट र योजनाबारे चासो राख्दा सूचना नदिएको, अनपढ भएको भन्दै हेप्ने गरेको र दलित समुदायको आवश्यकतालाई ध्यानमा नराखिएकोले पार्टी परिर्वतन गर्न बाध्य भएको बताईन् ।

नेपाली कांग्रेस वडा ईकाइ समितिको आयोजनामा भएको दशैँ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य गान्धिमाया तामाङ, कांग्रेस नेतृ टंकीमाया बस्नेत, स्थानीय समाजसेवी दोर्जी शेर्पा, नेपाल दलित संघका कोषाध्यक्ष अर्जुन नेपाली लगायतले बोल्दै नेकपा नेतृत्वको संघीय सरकारले करको भारी बोकाएको आरोप लगाए ।
२०७६ असोज १५ गते बिहान ९ :३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार

सोलुखुम्बुमा गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान अनलाईन लोगो

समायोजन खबर सोलुखुम्बु, थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा...