टेलिकमको छुटै छुट

अनलाईन लोगो

समायोजन खबर काठमाडौं,

नेपाल टेलिकमले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा आफ्ना सेवाहरूमा विभिन्न छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटिई र अन्य सेवामा अफर ल्याएको हो । रिचार्जमा बोनसबाहेकका अफर असोज १२ देखि नै लागू भएको पनि कम्पनीले जनाएको छ । अफरअन्तर्गत फोरजी/एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । कम्पनीले पहिलोपटक फोरजी/एलटिई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसका रूपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहनेछ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

 

पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसिए) सेवा निःशुल्क उपलब्ध गराएको छ । प्रिपेड ग्राहकले पनि आगामी छठ कात्तिक १६ गतेसम्म मिस्ड कल अलर्ट (एमसिए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । एमसीएले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरूको अलर्ट दिन्छ ।

 

त्यसैगरी कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराएको छ । असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्राप्त हुनेछ । योजनाअन्तर्गत ५० रुपैयाँ, १ सय रुपैयाँ र २ सय रुपैयाको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत, ५ सय र १ हजारको रिचार्जमा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५० रुपैयाँ, १ सय रुपैयाँ र २ सय रुपैयाको बोनस ३ दिनभित्र र ५ सय र १ हजारको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । एमपोसबाट १० रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा १० प्रतिशत र ५ सय वा सो भन्दा बढीको रिचार्जमा २० प्रतिशत बोनस उपलब्ध हुने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् ।

२०७६ असोज १३ गते साँझ ६ :०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...