नेकपाको शुभकामना आदानप्रदान तथा चियापन

चिसाङ शेर्पा खोटाङ,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नजिकिदै गरेको विजया दशमी, शुभ दिपावली, छठ, नेपाल संवत,उधौली/उभौलीको अवसरमा आईतबार घटस्थापनाका दिन शुभकामना आदानप्रदान तथा चियापान गरेको हो ।


पार्टी कार्यालय भवनगैरामा नेकपाका जिल्ला अध्यक्ष देवान किरातीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता, भातृ, भगिनि, शुभेच्छुक संघसङगठन र आधिकारी ट्रेड युनियनका प्रमुखहरुले शुभकामना राखेका थिए । यस्तै, नेपाली कांग्रेसका जिल्ला सदस्य डिल्लीकुमारी आचार्य, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य समिता कार्कीले चाडपर्व साँझा भएकाले सवैले आ,आफ्नो ठाउँबाट तडकभडक नगरिकन गच्छे अनुसार र सिर्जनात्मक तवरले मनाउन आग्रह गर्नुभयो ।
२०७६ असोज १२ गते बिहान ११  :४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...