एम्बूलेन्स दुर्घटनाका घाईतेलाई आर्थिक सहयोग

समायोजन खबर खोटाङ,
एम्बूलेन्स दुर्घटनामा गम्भीर घाईते भएका अभिभाबकको उपचारार्थ पञ्च माबि दिक्तेलले आर्थिक सहयोग गरेको छ । गएको असोज २ गते राती सप्तरीको कञ्चनपुर वेरियरमा भएको एम्बूलेन्स दुर्घटनामा गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई विद्यालयका शिक्षक/शिक्षिकाले आर्थिक सहयोग गरेको हो ।

 

हाल विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत आचार्यको उपचारमा परिवारलाई आर्थिक समस्या भएपछि विद्यालयका ३२ स्टाफले शुक्रबार आचार्यको घरमा पुगेर एक लाख २५ रुपैयाँ रकम हस्तान्तरण गरेका छन् । संकलित रकम विद्यालयका प्रअ भवकृष्ण ढकालले घाईतेकी आमा चन्द्रकला आचार्य र श्रीमती जानुका आचार्यलाई हस्तान्तरण गरेको शिक्षिका सिता थुलुङले बताईन् । शिक्षक/शिक्षिकाबाट संकलन भएको रकममा विद्यालयकातर्फबाट ४ हजार २५ रुपैयाँ थप गरी आचार्य परिवारलाई प्रदान गरिएको हो ।

 

जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बूलेन्स दुर्घटनामा युवराज आफै गम्भीर घाईते हुनु भएको हो । आफन्तलाई बचाउनका लागि अस्पताल लैजाँदै गर्दा दुर्घट्नामा परी आफै चिन्ताजनक अवस्थामा पुगेका आचार्यको उपचारमा आर्थिक समस्या भएको जानकारी भएपछि विद्यालयले चन्दा उठाएर सहयोग गरेको जनाएको छ । आचार्यको भदौ ३ गते वेलुका टाउकोको सफल अप्रेसन गरिए पनि अवस्था चिन्ताजनक रहेको छ । दिक्तेलवजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत आचार्यको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।
२०७६ असोज १० गते साँझ ६ :३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...