भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ,
बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । खोटाङ, काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने बताउनुभयो । बुधबार गण्डकी प्रदेशको धेरैजसो भूभाग र प्रदेश नम्बर २, ३ र ५ का केही भूभागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


बिहीबार मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरैजसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले ती ठाउँका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरूमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन महाशाखाले अनुरोध गरेको छ । साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण मंगलबार पनि हवाई उडान र अवतरण प्रभावित भएको थियो । लुक्लाबाट काठमाण्डौका लागि उडेका हेलिकोप्टर काभ्रे र सिन्धुलीमा सुरक्षित अवतरण गरेर बेलुकी मात्र काठमाण्डौ अवतरण भएका थिए ।

 

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको पानी पार्ने हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । बाढी पूर्वानुमान महाशाखाले बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
२०७६ असोज १ गते बिहान ११ :३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...