रोल्पामा पहिरोले एक घरमा छ जना पुरिए

समायोजन खबर रोल्पा,
रोल्पाको थबाङमा पहिरोले छ जना पुरिएका छन् । थबाङ-२ छेर्लबाङमा मध्य रातमा आएको पहिरोले एक घर पुरेको छ । पुरिएको घरमा दुई परिवाका ६ जना बस्दै आएका थिए । छिमेकी बिस्मल झाक्रीका अनुसार दुई जनाको शब फेला पारिएको छ । दुईवटा शब फेला परेको प्रहरीले पनि पुष्टि गरेजो छ ।

दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ बर्षिय शीरकुमारी बुढा र उनकी ४ वर्षका छोरा अशलको शब पुरिएको अवस्थामा गाउँलेले शुक्रबार बिहान ८:३० फेला पारेका हुन् । “सुतेकै अवस्थामा पहिरोले च्यापिएको फेला पारियो ।”, छिमेकी झाक्रीले अन्नपूर्णसँग भने, “अर्को परिवार भुँईतलाको कोठामा भएकाले पुरिएको आशंका छ ।” पहिरोले घर पुरेकाले उद्दार गर्न कठिनाई भैरहेको छ ।
पुरिएर वेपत्ता हुनेहरुमा ३६ वर्षका जय बुढा, उनको पत्नी वर्ष ४० कि मुलज्योती बुढा, वर्ष १० कि छोरी गृष्मा र डेढ वर्षकि छोरी छन् । उद्दारमा खटिएका गाउँलेले उनीहरु जिवितै फेला पर्ने संभावना न्युन रहेको बताउँछन् । घरमा रहेका पशु चौपाया पनि पुरिएका छन् । पुरिएको घरमाथिको पहिरो पन्छाउन पुगेका छिमेकीले केही गाई गोरु समेत मृत वस्थामा फेला पारेका छन ।

घरमाथि खनिएको सडकको माटो सहित आएको पहिरोले घर पुरिएको थबाङकै स्थानिय एवं सत्ताधारी नेकपाका नेता सविन बुढाले बताए । सडकको ब्याक कटिङका बेला सडक छेउको घर जोगाउन त्यहाँको माटो लगेर अन्यत्र थुपारिएको थियो । केही दिन अघिदेखि यहाँ परेको अविरल वर्षाले थुपारिएको माटो सहित पहिरो गएर घर सहित मानिस पुरिएका हुन् । गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए। थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटना स्थल पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले बताए । छिमेकी मिरुल रानागाउँ र कुरेलीबाट पनि प्रहरी टोली घटना स्थलमा परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...