गृह मन्त्रालयद्धारा दुई हजार कर्मचारीको माग

समायोजन खबर काठमाडौँ,
गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) का कर्मचारी माग गरेको हो । इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो ।

एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले मंगलबार गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ । दरखास्तका लागि १५ दिनको समय दिइएको छ । दरखास्त फारम http://application.donidcr.gov.np  मा हेर्न सकिन्छ । एमआईएस अपरेटर नौ सय ९४ जना र फिल्ड सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) नौ सय ९५ जना कर्मचारी माग गरिएको गृहले जनाएको छ।

 

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन्। प्लस टु र एसएलसी वा सो सरह उत्तिर्ण गरेकोले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ । उम्मेदवारले दुई वटा पदमै दरखास्त दिन चाहने हो भने बेग्लाबेग्लै दरखास्त फारम भर्न पनि गृहले अनुरोध गरेको छ। नाम निकाल्नेहरूले कम्तीमा एक बर्ष रोजगार पाउनेछन्।
२०७६ भदौ १७ गते मध्यान्ह १२ :११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...