तीन पटक जले सुर्य,पिडामा मल्हम लगाउन जुटे युवा

चिसाङ शेर्पा खोटाङ,
जिल्ला अस्पताल दिक्तेलको अन्तरङग विभागको १० नम्बर बेडमा पुर्णरुपमा अपांग भएका बालक सुर्य प्रकाश राईलाई कुरिरहेका थिए उनका बुबा कुन्दन राई । अपांग भएका छोराको देव्रे खुट्टाको घुंडामा आगोले जलेर किरा नै परेपछि १ भदौमा उपचारमा ल्याएका छोराको स्याहारसुसार गर्दै अस्पतालमा उनको दिन वित्छ । आक्कल झुक्कल आफन्तहरु भेट्न आउँछन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका हात खुट्टा नलाग्ने, वोली नआउने १२ वर्षीय सुर्यको देब्रे घुंडा एक पटक हैन, दुई पटक हैन सरासर तीन पटक अगेनामा जलेको हो । बेहोस हुने, घस्रिएर हिड्ने गर्दा घुंडासँगै देब्रे हातकै कुहिना दुइ पटक जलेको छ । यसअघि दुई पटक जलेको सुर्यलाई आर्थिक अभाव र चेतना कमीका कारण घरायसी औषधि उपचार गर्दै घरैमा राखियो । गत जेठको दोश्रो हप्ता घस्रिएर अगेनामा त्यहि घुंडा जल्दा पनि त्यसै गरियो । तर, यो पटक त्यस्तो भएन । अत्याधिक जलेर गहिराई बढेपछि जलेको भागमा किरा प-र्यो । सुर्यका बुबा भन्छन्, ‘आगोले हड्डीसम्म जलेकाले घरैमा ४०/५० वटा किरा निकाले धेरै गहिराइसम्म किरा परेकाले यहाँ ल्याएर औषधिमार्फत किरालाई डिस्पोज गरिन्दैछ ।’

अस्पतालमा छोराको स्याहारसुसार गर्दै कुन्दन राई । तस्विर चिसाङ शेर्पा

रोजगारीका लागि मलेसिया जाँदा घरमा आमासँग हुंदा र आमाको वेवास्ताका कारण सुर्यको दुई पटक घुंडा र कुहिना जलेको उनी बताउछन् । श्रीमतीले कान्छी छोरी बोकेर बेपत्ता भएपछि एक्कासी घरमा आए । श्रीमतीले छोडेको पिडा, छोराहरुलाई बिहान बेलुका के खुवाउने तनाव हुने । गाउँमा काम खोज्दै, गर्दै हिड्दा नराम्ररी सुर्य अगेनामा परेर जल्यो । छोरा सुमसुमाउदै उनी भक्कानिए । योजनाबद्ध विदेशबाट फर्किएको भए केही हुने थियो होला तर.. उनले कुरा सके । पहिलो श्रीमतीबाट चार सन्तान भएपनि कान्छी छोरी उसैले बोकेर हिडेको, जेठा छोरा सुर्य जन्मेको वर्षदिनमा विरामी भएको र आर्थिक अभावमै उपचार गराउन नपाउँदा हातखुट्टा नलाग्ने र वोल्न नसक्ने हुंदै अहिले पुर्णरुपमा अपांग भएका हुन् । सरकारबाट पाउने सुविधा पनि सुर्यले पाइरहेका छन् ।


अस्पतालमा उपचाररत सुर्यको अवस्था सामान्य बन्दै गए पनि उनको भविष्य बनाउनेमा कुन्दनलाई बडो चिन्ता छ । सुर्यलाई खाना खुवाउन, नुहाउन, सौचालय लान ल्याउन समेत अरुको साहारा चाहिन्छ । “परिवारमा दुई छाक जुटाउन त्यस्तै समस्या छ । प्रशस्त जग्गा जमिन छैन । भागमा दुई रोपनी जग्गा पर्छ । त्यसबाट कती कमाई हुन्छ र खानु, छोराहरु पाल्नु । आर्थिक अभावमै लथालिङग छ जिन्दगी ।” सुर्यको घाउ सफा गर्दै कुन्दनले पिडा सुनाए । सवैको सहयोग पाएमा सुर्यलाई ठिक बनाएर राम्रो शिक्षा दिने उनको ठुलो धोको छ ।
जेठी श्रीमतीबाटै जन्मिएको जुम्ल्याहा राम लक्षमणमा पनि समस्या छ । खेल्ने क्रममा गत जेठ अन्तिममा रामको हात भाँचिएको छ । लक्ष्मण १ वर्षको हुंदा दाहिने खुट्टाको छेपारी र हातको औला जलेको थियो । उनको अहिले तीनवटा औला बाङ्गिएको छ । कान्छी औला छैन । कान्छी श्रीमतीका साथमा रहेका कुन्दनको परिवारमा समस्या नै समस्या छ । कान्छी श्रीमतीतर्फ एक छोरा छ ।
सहयोग जुटाउन कस्सिए युवा

सुर्य प्रकाश राईका निम्ति आर्थिक सहयोग समिति पदाधिकारीहरु । तस्विर चिसाङ शेर्पा

आगोले तीन पटक घुंडा जलेर घाईते भई उपचाररत सुर्य प्रकाश राईका निम्ति ‘आर्थिक सहयोग समिति’ निर्माणगरी सहयोग रकम संकलन थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका अग्नि पिडित १२ वर्षीय सुर्यका लागि विभिन्न सामाजिक कार्यमा क्रियाशिल युवाहरुले सिमित तोकेर सहयोग संकलन थालेका हुन् ।

सुर्यको उपचार, पालनपोषण र शिक्षादिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले किरणजीत राईको संयोजकत्वमा १३ सदस्यीय समितिले मंगलबारबाट सहयोग संकलन थालेका हुन् । समितिको आर्थिक संयोजकमा सविता भुजेल तथा सदस्यहरुमा गोमा राई, सुशिला निनाम, अजय बस्नेत, सुमन राई, मोतिचन्द्र राई, एन्जिला थुलुङ, सीता थुलुङ, जयन्ति राई, पवन राई र स्वस्तिका चाम्लिङ छन् । सन्जय कुमार राई सहजकर्तामा छन् । समितिले भदौ २७ गतेसम्म सहयोग संकलन गर्नेछ ।

जेठ दोश्रो हप्ता घस्रिएर सुर्य अगेनामा परेर घुंडा जलेको थियो । आर्थिक रुपमा अत्यन्तै कमजोर परिवार, आफैमा पुर्णरुपमा अपांग सुर्यलाई केही मात्रामा भए पनि सहयोग पु-याउने हेतुले आर्थिक सहयोग संकलन अभियान थालनी गरिएको संयोजक राईले बताए । मानवीय संवेदनासँग जोडिएको यस अभियानमा सवैले ऐक्यबद्धता जनाउन समेत संयोजक राईले आग्रह गरे ।
२०७६ भदौ १० गते बिहान १० :१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...