खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

पिडित बिष्णुकुमारलाई चेक हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य उषाकला राई । तस्विर समायोजन खबर

समायोजन खबर खोटाङ,
पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखा गोपिनी बाघपच्याङ्का बिष्णुकुमार राईलाई प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते माथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती २५ वर्षीय रेखा राई, चार वर्षीय छोरा रोमन राई र सात महिने शिशु रोजन राई गुमाएपछि एक्लो बनेका बिष्णुकुमारलाई १ नम्बर प्रदेश सरकारले राहत स्वरुप ६ लाख रुपैयाँ प्रदान गरेको हो ।

 

राहत रकमको चेक शुक्रबार प्रदेशसभा सदस्य उषाकला राईले खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पिडित बिष्णुकुमारलाई हस्तान्तरण गरिन् । घर तथा आफन्त गुमाएर एक्लिएका राईलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत उपलव्ध गराएको हो । उनलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो ।
यो पनि पढ्नुहोस

पहिरोमा श्रीमती र दुवै छोरा गुमाएकालाई आर्थिक सहयोग

२०७६ भदौ ६ गते राती ८ :२६ मा प्रकाशित

ADVERTISMENT

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology