गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ,
यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा चलिरहेको छ । विभिन्न विषयमा ग्रेड सुधारका लागि खोटाङको दिक्तेलबजारमा पनि विधार्थीहरुको चाप बढेको छ । एसईई परिक्षा दिन आएका विधार्थीहरुले होटलहरु भरिभराउ छन् । बजारमा पहिलेको तुलनामा राम्रै चाप देखिन्छ । हाई काढेर वस्नुपर्ने होटल व्यवसायीलाई केही रुपमा यसले राहत पुगेको आँकलन गर्न सकिन्छ ।

१ भदौबाट एसईई ग्रेड सुधार परिक्षा भईरहंदा परिक्षामा विधार्थीले कस्तो लेख्यो त्यो विधार्थीमा निहित रह्यो । तर ! तीन परिक्षा केन्द्रबाट बाहिरिएपछि दिक्तेलबजारमा विधार्थीको थरिथरीका चर्तिकला राम्रै देख्न पाईन्छ । यसले भविष्यका कर्णाधार विधार्थीहरुको ध्यान कतातिर जादैछ भन्ने प्रश्न उठ्न थालेको छ । विधार्थीहरुको चर्तिकला देख्दा एसईई ग्रेड सुधारका लागि भन्दा मनोरञ्जन र विलासिताका निम्ति सदरमुकाम आएको भान हुन्छ । परिक्षा दिन आएका कतिपय किशोर किशोरीहरु थाहै नपाई आपत्तीजनक अवस्थामा समेत भेटिन्छन् ।

 

किशोर किशोरीहरु बजारमा फेसन देखाउन र सान देखाउनमा लालयित देखिन्छन् । यतिसम्म कि साँझ परेपछि हाँटडाँडादेखी रत्नपार्कसम्मका प्रायः होटलहरुमा एसईई दिन बसेका विधार्थीहरु मध्यपान र धुम्रपानमा लठ्ठ भएका भेटिन्छ । परिक्षा राम्रो भएको निहुंमा त, बिग्रिएको निहुंमा । त्यहाँ किशोर किशोरीहरु नै सामेल हुन्छन् । यसले हाम्रा छोराछोरी कतातिर जादैछ । यसको परिणाम कस्तो आउछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ । छोराछोरी परिक्षा दिन गएको छ राम्रो अंक ल्याउछन् भन्ने अभिभावकहरुको साझा सोेचाई हो । तर, नतिजा त्यो आउने खास छाटकाट देखिन्न । विधार्थीहरुको क्रियाकलाप देख्दा ।

अधिकांश विधार्थीहरु विहानदेखी वेलुकासम्म दिक्तेलबजारमा फरक फरक पोशाक तर, त्यही मान्छे चक्कर लगाइरहेको दृश्यहरु भेटिन्छ । किशोर किशोरीहरु हेलिप्याड, अल्छेढुंगा, जैपुरीडाँडा, मझुवागढी, थामखोरेडाँडामा दिउँसो तथा साँझमा जोडीजोडी भेटिन्छन् । कतिपय अवस्था त आपत्तीजनक अवस्थामा पनि विधार्थीहरु भेटिएको पाइएको छ । माथि उल्लेखित स्थानमा साँझको समयमा त्यस्ता जोडीहरु बढि भेटिने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । यस्तै, साँझ परेपछि होटलमा मध्यपान र धुम्रपानमा लठ्ठीएर सामूहिक सेल्फी, नृत्यदेखी लिएर डेटिङसम्म किशोर किशोरी भेटिदा त्यसले के प्रश्न उब्जाउछ भने, कतै नकारात्मक काम त हुने हैन । यसले मन झसङ्ग बनाउछ ।

 

एसईई दिन आएका विधार्थीहरुले गरेका गलत कार्यहरुको जानकारी परिवारसम्म पनि पुगेका छन् । हतारमा परिवारले छोराछोरीलाई फोनबाटै सम्झाउने गरेका छन् । एसईई ग्रेड सुधार परिक्षाका लागि आएका अधिकांश विधार्थीहरु कुलतमा फस्ने वातावरण सिर्जना गरिरहेको आभास हुन्छ । किशोर किशोरीहरु साँझमा नै होटलमा जम्मा भएर धुम्रपान/मध्यापनमा रम्नु, साँझको समयमा एकान्त स्थानमा आपत्तीजनक अवस्थामा पाउनु, सार्वजनिक स्थलमा सामूहिक धुम्रापन गर्नुले किशोर किशोरीहरु कुन दिशातर्फ जादैछ भन्ने राम्रै ठम्याउन सकिन्छ । अवश्य पनि यसले राम्रो नतिजा दिदैन । शिक्षा दिएर मात्रै हैन छोराछोरी कुन बाटोतर्फ लाग्दैछ भन्ने विषयमा पनि अभिभावक गम्भीर भए सोच्ने कि ? नत्र, हत्या, हिंसा, बलात्कारजस्ता घट्ना नघट्लान भन्न सकिन्न । यसतर्फ सबैको वेलैमा ध्यान जान आवश्यक छ ।

एसईई परिक्षार्थीजस्तै सामुदायिक तथा नीजि विधालयहरुमा अध्ययनरत किशोर किशोरीहरु पनि गलत बाटोतर्फ लागेको धेरै भेटिन्छ । सामुदायिक तथा नीजि विधालयले कक्षाकोठाभित्र मात्रै हैन विधार्थीको बाहिरी क्रियाकलाप पनि कस्तो छ भनेर सोच्ने कि ? अहिलेका विधार्थीहरुको क्रियाकलाप देख्दा खासगरी परिवारले छोराछोरीको निगरानी गर्नै छोडेका हुन ? कि किशोर किशोरीहरुले विलासी जीवन खोजेका हुन् ? यो गम्भीर विषय बन्दै गएको छ ।
यो पनि पढ्नुहोस

पिकनिकको बहानामा कुलतमा फस्दै बालबालिका

२०७६ भदौ ४ गते बिहान ७ :५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...