अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर,
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु-याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आइतबार चितवन आइपुगेको हो ।  अनुसन्धानमा थप सहयोग पु-याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताए । टोलीले आइतबारदेखि नै काम सुरु गरेको बताइएको छ ।


जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताए । “बाहिर दैनिक रुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानका लागि समस्या हुनेगरेको छ”, उनले भने, “तर हामीले आफ्नातर्फबाट अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” तीन दिनदेखिको प्रदर्शनका कारण प्रहरीको सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ ।

 

शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । उनीहरुलाई बिहीबार प्रहरीले काठमाडौँमा पक्राउ गरी यहाँ ल्याएको थियो । यसैबीच पत्रकार पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ । यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन प्रदर्शनकारीलाई पनि आग्रह गरिएको छ । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठामा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । रासस
२०७६ भदौ २ गते बिहान ९ :२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...