आज गाईजात्रा मनाइदै

समायोजन खबर काठमाण्डौ,
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।


राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

 

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । गाईजात्रा पर्व काठमाण्डौ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७६ साउन ३१ गते बिहान ७ :१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...