Samayojan khabar

Advertisment

SKIP THIS

महंगो मूल्यमा चप्पल खरीद गर्नुपर्ने बाध्यता अन्त्य

चिसाङ शेर्पा खोटाङ,
जिल्लामै पहिलो चप्पल उधोग सुरु भएपछि महंगो मूल्य तिरेर चप्पल खरीद गर्नुपर्ने जिल्लावासीको बाध्यता अन्त्य भएको छ । रोजाई र खोजाई अनुसार सस्तो तथा सुपथ मूल्यमा फित्ते चप्पल आफ्नै गाउँठाउँमा पाउन थालेपछि महंगो मूल्यमा चप्पल किन्नुपर्ने बाध्यताको अन्त्य तथा जिल्लावासीलाई सुविधा भएको हो ।

यहाँका व्यापारीहरुले तराई तथा काठमाण्डौबाट आयात गरेको चप्पल महंगो मूल्यमा खरीद गरी प्रयोग गरिरहेका जिल्लावासीलाई संमृद्धि वहुआयमिक उधोगले सस्तो मूल्य र किफायती फित्ते चप्पल उत्पादन गरेपछि महंगो मूल्य तिरेर चप्पल लगाउनुपर्ने जिल्लावासीको बाध्यता अन्त्य भएको छ । गत असार १ गतेवाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मामा पाँच लाखमा उपकरण ल्याएर साना उधोग अन्तरगत चप्पल उधोग खोलेर उत्पादन थालेको उधोगले उत्पादन गरेका चप्पलहरुमा आफ्नो ठाउँलाई प्रचारप्रसार गर्ने हेतुले खोटाङका विभिन्न स्थानको नामाकरण पनि गरिएको छ ।

 

करीव २० वर्ष विभिन्न मुलुकमा रोजगारीमा धाएका राजन बिक र गाउँमै आधुनिक कृषि प्रविधिमा तरकारी खेती गर्दै आएका गंगा बिकले सुरुवात गरेको उधोगबाट उत्पादित चप्पलहरुलाई दिक्तेल, सोल्मा, रुपाकोट, साथी लगायत नामाकरण गरिएको छ । भारतको नयाँ दिल्लीबाट आवश्यक कच्चा पदार्थ ल्याएर उधोगले हाललाई माग अनुसार विभिन्न ब्राण्डका चप्पलहरु उत्पादन गर्दैै आएको छ । उत्पादन भएका चप्पल काठमाण्डौ तथा तराईको मूल्यभन्दा सस्तोमा विक्री हुने गरेको संमृद्धि वहुआयमिक उधोगका व्यवस्थापक गंगा बिकले बताए ।

संमृद्धि वहुआयमिक उधोगमा चप्पल बनाउदै सञ्चालक राजन बि.क ।

उधोगमा उत्पादन भएका चप्पलहरु खुद्रामा १ सय २० रुपैयाँदेखी २ सय २० रुपैयाँ र होलसेलमा ८५ रुपैयाँदेखी १ सय ८० रुपैयाँमा विक्री हुने गरेको छ । ताकि यो मूल्य बजार मूल्यभन्दा धेरै कम हो । उधोगमा हाल डिमाण्ड अनुसार चप्पल बनाइदै आएको सञ्चालक राजन बिकले बताए । विदेश धाएर पनि खै के नै भयो र ? उनले भने, ‘आफ्नै ठाउँमा केही गरौं भनेर उधोग सञ्चालनमा ल्याएका हौ । ’ मानिसलाई नभई नहुने चप्पलको उधोग सुरु हुनु र बाहिरबाट आयातित चप्पलभन्दा सस्तो पाउनुले यसको माग बढ्दो रहेको छ । बाहिरी ठाउँबाट चप्पल ल्याउदा मूल्य बढी र समयको पनि वर्वादी हुनाले यही चप्पल उधोग सुरु भएपछि धेरै सुविधा भएको सोल्माका अर्जुन श्रेष्ठले बताए ।


२०७६ साउन २८ गते मध्यान्ह १२ : १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...