Samayojan khabar

Advertisment

SKIP THIS

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

समायोजन खबर काठमाण्डौ,
नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ । पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो ।

 

नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश कमिटी जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला कमिटी, जनवर्गीय संगठनले पूर्णता पाए पनि स्थानीय तहको एकता प्रक्रिया अझै अगाडि बढन सकेको छैन् ।


सचिवालयमा स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीले लिने भन्ने विवाद चर्किएको छ भने स्थानीय तहमा नेतृत्व लिने विषयमा पनि नेकपाभित्र हानाथाप बढ्दै गएको छ । विभागहरुको जिम्मेवारी बाँडफाँड र नेतृत्वमा मोटामोटी सहमति जुटे पनि स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीचको विवादको कारण आधा महिनादेखि सचिवालय बैठक नै बस्न सकेको छैन ।
एकीकरणको सम्पूर्ण निर्णय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । स्कुल विभागको जिम्मेवारीबारे अध्यक्षद्धयबीच नै कुरा मिल्न नसकेपछि सकस देखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।
२०७६ साउन २८ गते बिहान ८ :२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...