मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि छोड्दिन

समायोजन खबर खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको सोमबारदेखी मध्यपहाडी लोकमार्ग सडकको दायाँबायाँमा मापदण्ड विपरीत बनेका टहरा हटाउन थालेको छ । हालसम्म नगरपालिकाले १० वटा टहरा भत्काएको छ । नगरपालिकाले मापदण्ड विपरीतका टहरा भत्काउदै गर्दा स्थानीयहरुले केही अवरोध गरे भने, आक्रोशित पनि बनेका छन् । यहि विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालसँग गरिएको कुराकानीको संम्पादित अंश ।

मापदण्ड विपरीत बनेका टहरा हटाउन सुरु भएको छ । यो गर्नैपर्ने काम हो ?
हो यो गर्नैपर्ने भएकाले नै गरिएको हो ।

टहरा हटाउने कार्य बर्खामा (बेमौसमी) भयो भन्ने छ नि ?
यो मौसम, बेमौसमको कुरा भएन । हामी निर्वाचित भएदेखी उहाँहरुलाई मापदण्ड विपरीत घर नबनाउनुहोस, नक्सा पास गरेर मात्रै घर बनाउनुहोस । मुआब्जा लिएको ठाउँमा घर, टहरा नबनाउनुस भनेर धेरैभन्दा धेरै अनुरोध गर्दा पनि उहाँहरुले अटेर गरीसकेपछि हामीले चाँहि त्यसलाई मौसम,बाढी कुनै चिज पनि हेरेनौं ।

टहरा हटाउदा/भत्काउदा विना जानकारी, मनपरी भत्काइयो भन्ने आरोप छ ?
आरोप त जे लगाउदा पनि भइहाल्छ नि । आरोप भनेको आरोप हो नि त हैन ? आरोप जे लगाउदा पनि हुन्छ नि । तर, कानुन र परिधीमा रहेका मापदण्ड विपरीत बनेका घर टहरा नगरपालिकाले जुनसुकै बेला पनि भत्काउन सक्छ । यति बुझ्दा हुन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल ।

मुआब्जा पाएका तर, घर नभत्काएको चाँहि नभत्काएर, बिहान बेलुका गरीखानेको बास उठाइयो भन्ने छ नि ?
त्यस्तो चाँहि कुन हो पहिचान हुनुप-र्यो । मैले सुरुवात देखी नै भनेको छु मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि म छोड्दिन । आफ्नै बुवा भए पनि म छोड्दिन भनेपछि त भोट दिएका/नदिएका कोही हेरिन्न । कसैलाई काखा, कसैलाई पाखा गरिन्न । मुआब्जा खाएको छ । घर भत्काएको छैन भने, उसको घर अनिवार्य भत्किन्छ ।

मापदण्ड विपरीत बनेका घरहरु कती छन् र किन नभत्किएको ?
मापदण्ड विपरीत बनेका घरहरु चार वटा छन् । उहाँहरुलाई हामीले पुनरावेदन गर्ने अवस्थामा पुगेका छौ । ति चार घर अन्तिम फैसलाको स्टेजमा छ । बाँकी घरहरुको प्रक्रियामा छौ । केही घरहरु भत्काउने शन्र्दभमा केही प्रक्रियाहरु छन् । त्यो प्रक्रिया हामी पूरा गदैछौ । र, पहिलो चरणमा टहराहरु भत्काइसकेपछि/हटाएपछि दोश्रो चरणको कार्यक्रम चाँहि घरहरु भत्काउने छ ।

मापदण्ड विपरीतका टहरा हटाउने अभियानमा स्थानीयको अवरोध तथा आक्रोशित छन् नगरपालिका कसरी अघि बढ्छ ?
उहाँहरुले अवरोध गर्नुपर्ने, आक्रोश हुनुपर्ने कुनै कारण छैन । सवै स्थानीयवासीलाई अनुरोध गर्छौ हामी कानुनभन्दा माथि कोही पनि छैनौ । कानुन कार्यन्वयन गर्नका लागि तपाईहरुले हामीलाई निर्वाचित गराउनु भएको हो । त्यसो भएको हुनाले नियमभन्दा विपरीत भएको कामलाई नियमसंगत बनाउका लागि गरिएको प्रयास हो ।

यसमा सवै स्थानीयवासीको साथ सहयोग चाँहिन्छ । साथ सहयोग दिनुपर्छ । कसै पनि आक्रोशित नहुन, कोही पनि उत्तेजनामा नआउन सवैलाई अनुरोध गर्न चाहान्छु । र, यदि कोही कसैले धाक धम्की दिने, कसैले अमानवीय व्यवहार गर्ने किसिमको प्रयास गर्नुभयो भने, उहाँहरुलाई नगरपालिकाले थप कारवाही समेत गर्नसक्छ । घर टहरा भत्काउदा लागेको क्षतिपूर्ती उहाँहरुबाट लिने र पाँच लाख रुपैयाँसम्म जरिवाना गराउनेसम्मको कानुनी कारवाही हुन्छ । त्यसले गर्दाखेरी त्यतातिर नजानको लागि र नगरपालिकालाई पनि त्यतातिर बाध्य नगराउन पनि अनुरोध गर्छु ।

टहरा हटाउने अभियान कहिलेसम्म चल्ने र घर कहिलेबाट भत्काउनु सुरु हुने हो ?
जबसम्म नियम विपरीत बनेका टहरा भत्काई सकिन्दैन त्यतिञ्जेलसम्म हामी टहरा हटाउनमा लाग्छौ । अनि त्यसपछि मापदण्ड विपरीतेका घर प्रक्रिया पुरा नगरेका घर भत्काउने कार्यमा लाग्छौ । प्रस्तुती चिसाङ शेर्पा
२०७६ साउन २३ गते साँझ ७ :०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...