Samayojan khabar

Advertisment

SKIP THIS

प्रविनलाई अमेरिका र युकेबाट दुई लाख २२ हजार आर्थिक सहयोग

चिसाङ शेर्पा खोटाङ,
१० साउनमा अगेनामा परेर दुवै हात र निधार जलेर शक्त घाईते भएका पाँच महिने शिशु प्रविन राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । केपिलासगढी गाउँपालिका-४ बाक्सिला लंखाका शिशु प्रविनलाई रोजगारीका क्रममा प्रवासमा रहेका तथा प्रवासमै वसोवास गरिरहेका समाजसेवी व्यक्तिहरुबाट सहयोग रकम प्राप्त भएको हो ।

घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न जाँदा प्रविन अगेनामा परेर गम्भिर घाईते भएपछि जिल्ला अस्पताल दिक्तेलमा उपचारमा ल्याइए पनि उपचार हुन नसकेपछि कान्ती बाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचाररत प्रविनलाई अमेरिकामा वसोवास गर्दै आउनुभएका सप्तेश्वरका समाजसेवी तथा किरात खालिङ राई उत्थान संघ अमेरिका शाखा सचिव शरण भक्त राई र अमेरिकामा वसोवास गर्दै आउनु भएकी भारतको दार्जेलिङकी अनु चाम्लिङको पहलमा १ लाख ५० हजार पाँच सय ३८ रुपैयाँ हस्तान्तरण गरिएको छ । अमेरिका वसोवास गर्दै आएका ४४ जना व्यक्तिहरुबाट संकलित रकम अस्पतालमै पुगेर अभियान्ताका आफन्त शुशिला बान्तावा राईले मंगलबार प्रविनका आमा निर्मला राईलाई हस्तान्तरण गरेकी हुन् ।

युकेमा संकलन भएको रकम प्रविनका आमालाई हस्तान्तरण गर्दै डिल्लिसेर राई,मिना राई लगायत । तस्विर समायोजन खबर

संकलित सहयोग रकम संकलन अभियानमा सोलुखम्बु जुभिङका हाल अमेरिका वसोवास गर्दै आउनुभएका किरात खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्ष मकर बहादुर खालिङले संयोजनको भूमिका निर्वाह गरेका थिए । यस्तै, युकेमा वसोवास गर्दै आउनुभएकी सरु थुलुङ राईको अभियानमा संकलित ७१ हजार आठ सय रुपैयाँ सहयोग रकम प्रविनका आमालाई हस्तान्तरण गरिएको छ । युकेमा रहेका विभिन्न व्यक्तिहरुवाट संकलन भएको रकम सरुका आफन्त डिल्लिसेर राई र मिना राईले सोही दिन अस्पताल पुगेर हस्तान्तरण गरेका हुन् ।

काठमाण्डौमा उपचाररत शिशुका लागि किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जयकुमार राई, सह–सचिव सिता थुलुङ राई लगायतले सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् । घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । शिशुका लागि विभिन्न क्षेत्रबाट प्राप्त भइरहेको सहयोग रकमको पनि अक्षयकोष स्थापना गरिने जनाइएको छ । आगोले धेरै जलेका कारण प्रविनले दुवै हातको औला भने गुमाएका छन् ।

यो पनि पढ्नुहोस

आगोमा जलेका शिशुलाई दुई लाख ८५ हजार सहयोग

२०७६ साउन २३ गते बिहान ९ :२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...