Samayojan khabar

Advertisment

SKIP THIS

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति सार्बजनिक

समायोजन खबर काठमाडौ,
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहने विद्यार्थीको परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ

यस्तै २ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन (२२ गते) सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ भने दोस्रो दिन (२३ गते) ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । बोर्डका अनुसार बिद्यार्थीहरुले भदौ ५ गते सम्म परिक्षा आबेदन भरि सक्नुपर्ने छ । परीक्षा बोर्डका अनुसार जुनसुकै विषयको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीले परीक्षाको पहिलो दिन अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने छ । तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।

२०७६ साउन १७ गते साँझ ६ : ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...