अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप २०१९ हुने

समायोजन खबर काठमाण्डौ,
फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ । सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यका मात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झु्म्मिन थालेका छन् । शहरका विशेषताको रुपमा आजकाल फुटसललाई लिने गरिन्छ । सन् १९३० देखि नै फुटसलको सुरुवात भएको मानिन्छ । पराग्वेबाट यो खेल सुरु हुँदा दक्षिण अमेरिकामै तीनदशक भन्दा बढी सिमिति बन्यो। सन् २०१५ मा आइपुग्दा फुटसल विश्वव्यापिकरण भइसक्यो । सहरबासीका लागि फुटसल अपरिहार्य झैं बनिसक्यो ।

निष्पक्षतामा लागि युवा भन्ने मुल नारामा साथ कादम्बरि मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्करी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । अन्तराष्टिय युवा दिवसको अवसरमा विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रथम मिराई कादम्बरी कप २०१९ का संयोजक खिमानन्द देबकोटाले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रगियोगिताको नारा अनुरुप निष्पक्ष खेलको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतियोगिताले स्वास्थ्य जीवनको सुनिश्चिता, गुणस्तरीय शिक्षा र लैंगिक समानातालाई विशेष सहयोग पु¥याउनेछ । प्रगियोगितामा महिला खेलाडीलाई थप सक्रिय बनाउन महिला पुरुष समान १६–१६ टिमको सहभागिता गराउन लागिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत महिला टिमलाई विभेद हुदै आईरहेको छ । विभिन्न रुपमा हुने विभेदलाई हटाउदै निष्पक्ष प्रतियोगिता सञ्चालन गर्न लागिएको देबकोटाले जानकारी दिए ।

 

धन्यन्तरि फुटसल प्रालिमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितालाई मिराई ऐजुकेशन प्रालिले शिष प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले रु ३० हजारसहित ट्रफी र पदक तथा उपविजेताले रु २० हजारसहित पदक र ट्रफी पाउने छ । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
२०७६ साउन ९ गते राती ९ :०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...