नगरसभाप्रती चार वडाध्यक्षको असहमति

चिसाङ शेर्पा खोटाङ,
हलेसी तुवाचुङ नगरपालिकाका चारजना वडाध्यक्षसहित २६ जना जनप्रतिनिधिहरुले नगरसभाप्रती असहमति जनाएका छन् । ऐन, नियम र आर्थिक वर्ष २०७६/०७७ को वजेटमा एकाधिकार जमाउदै अन्य दललाई वेवास्ता गरि अलोकतान्त्रिक विधिबाट पारित गराइएको ऐन, नियम तथा वजेटप्रती असहमति जनाएका हुन् ।


विहीबार दिक्तेलमा पत्रकार सम्मेलनगरी असन्तुष्ट वडाध्यक्ष तथा जनप्रतिनिधिले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदन सार्वजनिक नगरिएको, आव २०७५/०७६ को वार्षिक प्रगति समिक्षा नगरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त ढंगले नदेखाइएको र टोल वस्ती हुंदै वडाले प्राथमिकिकरण गरी पेश गरेका नगर स्तरीय योजनाहरुलाई समावेश नगरी लोकतान्त्रिक विधिलाई अवमुल्यन गर्न खोजिएको भन्दै असमति जनाएका हुन् ।

 

नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले चौथो नगरसभामा ल्याइएका ऐन, नियम तथा बजेटप्रती पूर्णरुपमा असहमति राख्दै आफूहरुको मागप्रती सम्वन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराएका छन् । दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, महादेवस्थानका वडाध्यक्ष चईन्द्र राई, डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का र च्यास्मिटारका वडाध्यक्ष भलाराज राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरको तर्फवाट गैर जिम्मेवारी र गैर कानुनी काम समेत हुंदै आएको र त्यस्ता खाले गैर कानुनी काम र गतिविधिहरु बन्द गर्न समेत सचेत गराएका छन् । बजेट निर्माण गर्ने सात चरणमा सातै चरण नीतिगत र प्रक्रियागत हिसावले आएकाले विरोधका लागि विरोधले कुनै अर्थ नराख्ने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । सुख्खा खडेरी र विपद्को सामना गरिरहेकाले त्यस विपत्तीमा परेकाहरुको लागि राहत र उद्धारका लागि केही पैसा राखेका छौ । त्यसमा उहाँहरुको आपत्ती हो । नगरप्रमुख राईले भने, “विधुतका विस्तारका लागि १,२,३,४ वडामा तीन करोड बजेट छुट्याएका छौ । त्यो पैसा कटाएर वडालाई दिनुपर्छ भन्ने उहाँहरुको माग छ । विधुत विरोधी हो उहाँहरु ।”गत असार ३१ गते चौथो नगरसभा सम्पन्न भएको थियो ।
२०७६ साउन ३ गते साँझ ५ :०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...