देशैभर बाढी र पहिरो : आठ जनाको ज्यान गयो

समायोजन खबर काठमाण्डौ,
लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि ८ जनाको ज्यान गएको छ । त्यस्तै बाढीले बगाएर चार जना हराइरहेका छन् । पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपामा पनि दुई जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको हो । यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारी साधन ।

त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका–१, महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले गोठ बगाउँदा सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको ज्यान गएको छ ।

थाहा नगरपालिका वडा नम्बर–३, मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चनम बलामीको ज्यान गएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । उपचारका क्रममा अस्पतालमा उनको ज्यान गएको हो । मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–१, मा पहिरोले एउटा गुडिरहेको कार परेको छ । कारमा रहेका व्यक्तिको उद्दार गरिएको छ ।
२०७६ असार २७ गते अपरान्ह ४ :०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...