जनताले अनुभूत गर्नेगरी सरकार सञ्चालन गर्नुपर्छ : अध्यक्ष राई

समायोजन खबर खोटाङ,

दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सवैभन्दा पहिलो पटक आफ्नै पक्की भवन निर्माण गरे । आफ्नै भवन निर्माण भएपछि काम, कारवाही कस्तो चलिरहेको छ । र, समग्र गाउँपालिकाको गतिविधिका वारेमा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईसँग गरिएको कुराकानीको सम्पादित अंश ।

आफ्नै भवनबाट कार्यालय चलिरहेको छ । काम कारवाही कस्तो चलिरहेको छ ।
स्वभाविक रुपमा आफ्नै भवनबाट काम गर्न र सेवा दिन पाउँदा अत्यन्तै खुशी छौ । आफ्नै भवन भएको कारणले पनि काममा प्रभावकारीता छ । भवन भएपछि कर्मचारी र सेवाग्राहीलाई व्यवस्थापन गर्न सहज भएपछि आफ्नै भवनबाट काम गर्नुको मजा छुट्टै छ ।

गाउँपालिकाले विकासमा साँच्चिकै फड्को मा-र्यो त ? प्रमाणहरु केके हुन ।
हामी निर्वाचित जनप्रतिनिधि आउनुभन्दा अगाडीको विकास र अहिलेको विकास आकासपातलको फरक छ । विकासमा फड्को मारेको प्रमाणहरु धेरै छन् । गाउँपालिकाभित्रका कच्ची सडकलाई बाह्रै महिना चलाउने बनाएका छौ । विजुली बत्तीको व्यवस्थापनमा एक वडामा मात्रै बल्न बाँकी छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि हामीले धेरै परिवर्तन गरेका छौ । त्यसैले यो,यो कुरामा हामीले फड्को मा¥र्यौ भन्दा पनि विकास भएको छ । त्यसमा जनताले त्यो अनुभूत गर्नुभएको छ जस्तो लाग्छ ।

स्थानीय तहमा भ्रष्टाचार, पार्टी निकटलाई योजना वितरणजस्ता विषयहरु व्यापक छन् । यहाँ कस्तो छ ?
यो मान्छेले अथवा फुर्सदमा वस्ने नागरिकले भन्ने कुरा हो । र, पहिलाकै नजरबाट हेरिने कुराहरुले यसलाई इंगित गरिएको छ जस्तो लाग्छ । त्यस कारणले स्थानीय तहमा भ्रष्टाचार भएको छ भन्ने कुरा उठेको छ भन्नु भो, हामीले पनि सुनेका छौ । तर, स्थानीय तहमा काम गर्नुको मजा र काम गर्नुको जोखिमता अत्यन्तै ठूलो छ त्यस कारणले त्यो प्रत्यक्ष जनताको निगरानीमा चलेको सरकार हो । प्रत्यक्ष जनताले अनुभूत गर्नेगरी हामीले सरकार सञ्चालन गर्नुपर्छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई

त्यसैले हामीले स्थानीय सरकार सञ्चालन गर्दै गर्दा भ्रष्टाचार भयो, अथवा भ्रष्टाचार ग-र्यो, अनियमितता भयो, सुशासन लिएन भन्ने कुरा चाँहि निराधार हो । किन भने, अहिले स्थानीय तहमा जो निर्वाचित भएर आउनु भएको छ । धेरै युवा साथीहरु हुनुहुन्छ । त्यसैले हाम्रो बाटो निकै लामो छ । निकै लामो उमेर कटाउनु छ । र, हामीले राजनीतिक यात्राको दुरी पनि निकै ठूलो पार गर्नु परेको छ । त्यसैले मान्छेले भन्नका लागि सजिलो छ । त्यति मात्रै हो । त्यसैले आफ्नो मूल्य मान्यता, राजनीतिक दर्शन र नागरिकहरुको दुःखलाई हेरेर काम गरिरहेका छौ । त्यसरी गर्दैगर्दा भ्रष्टाचार भयो, अनियमितता भयो भन्ने कुरा चाँहि निरर्थक हो जस्तो लाग्छ ।

विकासका सूचकहरु विधुत, सडक, खानेपानी, कृषि, स्वास्थ्य हुन् । यी क्षेत्रमा के–कस्ता प्रगती भए ?
सडकको कुरामा हामी निर्वाचित हुनुभन्दा अगाडी ट्रयाक थिएन । बाह्रै महिना गाडी चल्दैन थियो । सडक थियो गाडी कुद्ने अवस्थामा थिएन । ट्रयाकहरु केही मात्रामा ओपन थिए । अहिले आउदाखेरी मध्य बर्खामा पनि गाडी चलिरहेको अवस्था छ । बाह्रै महिना गाडी चलाउछौ भन्ने हाम्रो प्रतिबद्धता पनि थियो । सवै वडा कार्यालयमा मोटरबाटो पुगेको छ । गाडी पनि पुगिरहेको छ ।

 

खानेपानीको सम्बन्धमा, विकसित शहरहरुमा खानेपानीको धारा छ पानी छैन । हाम्रोमा पानीसहितको धारा व्यवस्थापन गरेका छौ । नागरिकहरुलाई हामीले खानेपानीको व्यवस्थापन लगभग अन्तिम चरणमा पु-याई सकेका छौ । पानीको स्रोतहरु, मुहानहरु सुक्दै जान थालेकाले हामीले घरघरमा मिटर जडान गरेर खानेपानीको व्यवस्थापन गरेका छौ । पानीको समस्यालाई यो वर्ष सवै टुङग्याउछौ भन्ने छ ।
विधुतको सवालमा, हामी निर्वाचित भएर आउदै गर्दा जम्मा दुई वडामा वत्ती बलेको थियो । त्यो पनि थोरै । म, जननिर्वाचित जनप्रतिनिधि हुनुभन्दा अगाडी याम्खामा वत्तीको सुरुवात गरेको थियो । अर्को डाँडागाउँमा मात्र बत्ती थियो । र, अहिले हामीले पाँच वडामा वत्ती वालिसकेको अवस्था छ । अब एउटा वडामा मात्रै बाँकी छ । त्यो वडा यो वर्ष वत्ती वालिसक्छौ । त्यसपछि उज्यालो गाउँपालिका घोषणा गर्छौ । अर्को तर्फ शिक्षाको क्षेत्रमा परिवर्तन गरेका छौ भन्ने लाग्छ । दरबन्दी नभएका विधालयहरुलाई दरबन्दी मिलान गरेर दरबन्दी दिएका छौ । एउटै विधालयमा दरबन्दी थुपारिने, अध्ययन, अध्यापनलाई राम्रो नगर्ने विधालयहरुलाई विधार्थी संख्याका आधारमा दरबन्दीहरु थुतेर दरबन्दी नभएका विधालयहरुमा दरबन्दी दिएका छौ ।

 

पिछडिएको वर्ग, अल्पसंख्यक नागरिकहरु पढ्ने भण्डारेघाटको पञ्चकौशिका निमाविलाई माविमा परिणत गरिदिएका छौ । परिक्षालाई अलिकती पृथक तवरले सञ्चालन सुरु गरेका छौ । शिक्षक नियुतmीमा पारदर्शी अपनाएका छौ । यस्तै, स्वास्थ्यको क्षेत्रमा वार्षिक रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौ । हामी गाउँपालिकामा निर्वाचित भएर आउनुभन्दा अगाडी सवैभन्दा वढी पाठेघरको समस्या भएको गाउँपालिका दिप्र्रुङ चुइचुम्मा गाउँपालिका भन्ने समाचार आउथ्यो, त्यो अहिले सवैभन्दा कम पाठेघरको समस्या भएको गाउँपालिका दिप्र्रुङ चुइचुम्मा बनेको छ ।  शिशु पोषण प्रवद्र्धन कार्यक्रम लागू गरेका छौ । एकवटा बच्चा जन्माएपछि एक दम्पतीको दुइजना बच्चालाई मासिक हजार रुपैयाँ उपलब्ध गराई रहेका छौ । अब जन्मने बच्चाहरु स्वस्थ्य हुनुपर्छ भन्नेतर्फ लागेका छौ । स्वास्थ्य स्वयंसेविकाहरुलाई यो वजेटबाट पाँच सयलाई बढाएर मासिक सात सय प्रोत्साहन भत्ता दिनेछौ । विकासका क्षेत्रमा यिनै कामहरु गर्दै अगाडी बढीरहेका छौ । पर्यटनको क्षेत्रमा धिप्लुङ झरनालाई सौन्दर्यकरण गरीरहेका छौ । जसले आन्तरिक पर्यटक तान्ने निश्चित छ । यहि विषयहरुलाई दृष्टिगत गर्दै स्थानीय सरकारले कसरी गाउँपालिकालाई संमृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो ध्यान र दृष्टिकोण त्यही लागेको छ ।

गाउँपालिकाको सवैभन्दा वढी ध्यान केमा रहेको छ ?
सवै कुरामा नै ध्यान दिएका छौ । सवैभन्दा बढी महत्व भौतिक क्षेत्रलाई महत्व दिएका छौ । किन भने, जबसम्म सडक सहज तरिकाले चल्न सक्दैन, यातायात चल्न सक्दैन । कुनै पनि कुरा त्यसले आवतजावतमा अवरोध पु-र्याउनासाथ सवै कुरामा समस्या हुंदोरहेछ । त्यस कारणले हामीले त्यो कुरालाई अत्यन्तै महत्व दिइरहेका छौ । तथापी हामीले शिक्षा र स्वास्थ्यलाई पनि महत्वका साथ अगाडी बढाइरहेका छौ । पहिलो प्राथमिकता चाँहि भौतिक संरचना निर्माण हो ।

तपाईहरुबाट जनता कतीका खुशी छन् ?
जनता कतीका खुशी छन् भन्ने कुुरा चाँहि हामीले भन्नु भन्दा नि जनतालाई सोध्नुभयो भने थाहा हुन्छ जस्तो लाग्छ । अब हामीले हाम्रै मुखबाट जनता यति खुशी छन भनेर मापन गर्ने कुनै आधार छैन । हाम्रो कार्यकाल पछाडी हामी जाँदै गर्दा जनताले के भन्छन् भन्ने कुरामा आधार रहन्छ जस्तो लाग्छ । हैन भने, हामी त जनता बेखुशी छन् भन्ने सोच्दैनौ तर, हाम्रो कामप्रती असन्तुष्टि पनि हुनसक्छ । र, मैले भन्दै गर्दा गरीब दुखी नागरिक खुशी हुनुहुन्छ होला केही चाँहि अलिकती धनीवर्ग अथवा केही उठेका वर्गहरु केही बेखुशी हुनुहुन्छ की जस्तो लाग्छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई

तपाईहरुको कार्यकाल अवधिमा जनताले केके अपेक्षा गर्ने ?
जनताको हामी शिर झुकाउदैनौं । जसले हामीलाई मतदान गर्नुभयो, आशा र भरोसाका केन्द्र मान्नु भएको छ ।आफ्नो अधिकार सुम्पनु भएको छ । हामी जनताको शिर झुक्ने काम गर्दैनौ । हामी आफ्नो गाउँपालिकाका नागरिकहरुलाई सधै खुशी बनाउन चाहान्छौ । विकासको बाटोमा संमृद्ध गाउँपालिका बनाएर अर्को जनप्रतिनिधिलाई हाम्रो जिम्मेवारी सुम्पन चाहान्छौ ।

भर्खरै पाँचौ गाउँसभा सक्नुभयो, वजेट ल्याउनुभयो वजेटले कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ।
शिक्षा र भौतिक संरचनालाई महत्व दिएका छौ । गाउँपालिकामा विकास भनेको चाँहि वाटो मात्रै हैन । विकास भनेको शिक्षा, स्वास्थ्य पनि हो । त्यसैले हाम्रो पहिलो प्राथमिकता भौतिक संरचना बाटो, पुल बनाउनु छ । तथापी पनि शिक्षालाई पनि जोड दिएका छौ । जबसम्म नागरिकहरु र जन्मिएका अब जन्मने भविष्यका कर्णधारहरुलाई राम्ररी पढाउन, हुर्काउन सक्दैनौ तबसम्म हामीले यि बनाएका भौतिक संरचनाहरु निरर्थक हुन्छन् । त्यसैले हामी भौतिक संरचनाहरु निर्माण गर्दै शिक्षा र स्वास्थ्यलाई सुधार गर्नुपर्छ भन्नेतर्फ मूल ध्यान त्यतातिर गएको छ ।

काम गर्नलाई अफठ्यारा र चुनौतीहरु केके छन्
काम गर्नलाई अफठ्यारा र चुनौतीहरु धेरै छन् । संविधानले हामीलाई अत्यन्तै वढी अधिकार दिएको छ । त्यो हामी मान्छौ । तर, त्यो संविधानलाई कार्यन्वयन गर्नका लागि हामीसँग कर्मचारीको अभाव छ । कर्मचारी अभाव हाम्रो लागि सवैभन्दा ठूलो चुनौती हो । त्यस कारणले हामीले नागरिकलाई दिने सेवा सुविधामा बाधा पुगेको छ । नागरिकहरुलाई हामीले व्यवस्था बदल्यौ, हाम्रो विवस्था बदलिएको छैन । हामी सुशासन लागू गर्दैछौ । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लागू गरेका छौ । तथापी, कार्यकर्ताको बिचमा, वरीपरी रहने साथीभाईहरुले के आशा गरिरहेका हुन्छ भने कम्ती पनि यो काम सञ्चालन वापत यति निकाल्न सकिन्छ भन्ने कुरामा उहाँहरुको आशा रहन्छ । त्यसलाई हामीले चिर्ने कोशिष गरीरहेका छौ । बाँकी अफठ्याराहरु केही छैनन् । आफ्नो ऐन, कानुन निर्माण गरिरहेका छौ । आफ्नो ऐन, कानुन निर्माण गरेर काम सञ्चालन गर्नमा कसैले वाधा गरेको छैन, संविधानले रोकेको छैन । जम्मा कर्मचारीको अभाव हो त्यो कारणले मात्र अलिकती सेवा प्रवाहमा समस्या आईरहेको छ ।

समाधान केके हुन् ?
सङ्घीय सरकारले वेलैमा कर्मचारीको व्यवस्थापन गरिदिनु प¥र्यो । नागरिकहरु सवैले बुझ्नु भएको छ । संविधानतः गाउँपालिका, नगरपालिकालाई अत्यन्तै वढी अधिकार छ । त्यो अधिकार उहाँहरुले त्यो सुविधा खोज्न गाउँपालिका आईरहनु भएको छ । तर, सङघीय सरकारले कर्मचारी पठाउनु भएको छैन । संघीय सरकार कतातिर लागेको देखिन्छ भने, विकासे अड्डाहरुको नाममा विभिन्न इकाईहरु खडा गरेर स्थानीय तहलाई असफल पार्ने हो कि भन्नेतर्फ लागेको छ । त्यतातिर लागिएन भने र संविधानले जुनजुन अधिकार दिएको छ । त्यो अधिकारहरु स्थानीय तहमा पठाइयो भने त्यसको समाधान छिटो निस्कन्छ जस्तो लाग्छ ।

पाँच वर्षीय कार्यकालमा तपाईहरुको गाउँपालिका कस्तो रुपमा पाउछौ ?
हामी नमुना गाउँपालिका बनाउछौ । संमृद्ध गाउँपालिका बनाउछौ । र, कम्तीमा पनि सङघीयताको अनुभूत गराएर सङघीयता हाम्रो लागि रहेछ । सङघीयता जनताको लागि रहेछ, आम दिनदुखी गरीबका लागि रहेछ भन्ने अनुभूती गराइदिन्छौ । प्रस्तुती चिसाङ शेर्पा
२०७६ असार २६ गते मध्यान्ह १२ :५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...