तीनजना पत्रकारहरुमाथि कुटपिट

समायोजन खबर बाँके,
नेपालगञ्जमा क्रियाशील तीन जना पत्रकारलाई नेपालगञ्जको बाटिका होटलमा दुर्व्यहारसहित हातपात गरिएको छ । एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भीम पौडेललाई बुधबार दिउँसो होटल परिसरमा कुटपिट गरिएको हो ।

होटलका कर्मचारीले कुटपिट गर्ने क्रममा एभिन्यूज टेलिभिजनको क्यामरा र पत्रकारहरुको मोबाइलसमेत क्षतिग्रस्त भएको छ । केही समय पहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराइदिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपैयाँसहित पक्राउ परेको थियो । त्यही समाचारको भिडियो लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई हातपात र क्यामरा खोसेका थिए । उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुईजना पक्राउ गरिएको जानकारी दिनुभयो । यसैबीच बाँकेका पत्रकारहरुले एसपी वलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।
२०७६ असार २५ गते साँझ ६ :२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...