Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुङ्गामा बस दुर्घटना,तीन जनाको मृत्यु, १५ जना घाइते

समायोजन खबर ओखलढुंगा,
ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनालाई काठमाण्डौ लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उज्यालो
२०७६ असार २५ गते बिहान ९ :२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

ओखलढुङ्गामा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

समायोजन खबर ओखलढुङ्गा, बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक...

रिहाईको माग गर्दै प्रदर्शन

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त...

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

समायोजन खबर खोटाङ, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक...

मुख्य समाचार

साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा...

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज माइला लामा पक्राउ

समायोजन खबर काठमाडौं, विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

समायोजन खबर काठमाण्डौ, सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा...